मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एलन मस्कको स्याटेलाइटले  पठायो जमिनमा रहेको मोबाइलमा सिधा मेसेज

काठमाडौँ –स्पेसएक्सको टिमले अन्तरिक्षमा रहेका आफ्ना स्टारलिङ्क स्याटलाइटमार्फत पहिलो पटक फोनहरूमा मेसेज पठाउन सफल भएको छ । 

डायरेक्ट–टू–डिभाइस स्टारलिंक भूउपग्रह प्रक्षेपणको एक हप्तामै उनीहरूले यो सफलता प्राप्त गरेका हुन । 

स्टारलिङ्क एलन मस्कको कम्पनी स्पेसएक्सको स्याटलाइट नेटवर्क हो, जुन पृथ्वीको तल्लो कक्षमा अवस्थित छ । यसबाट संसारभरका मानिसहरूलाई इन्टरनेट सेवा उपलब्ध गराउने मस्कको योजना छ ।

सन् २०२२ को अगस्टमा पहिलो गरिएको यो परियोजना सफल भए टी–मोबाइलका ग्राहकहरू स्थलीय नेटवर्क नभएको क्षेत्रमा हुँदा पनि अनलाइन रहन सक्ने छन् । 

टी–मोबाइलले सन् २०२४ मा टी–मोबाइलका साथ टेक्स्ट सर्भिसेसलाई सार्वजनिक रूपमा लन्च गर्ने र सन् २०२५ मा भ्वाइस, डाटा र आईओटी योजनाहरू विस्तार गर्ने लक्ष्य राखेको छ । 

तर  स्याटलाइटसँग फोन कनेक्ट गर्ने कामलाई निकै चुनौतीपूर्ण मानिन्छ । डप्लर शिफ्ट (कुनै वस्तुको सापेक्षतामा तरङ्गको फ्रिक्वेन्सी वा वेभ लेन्थ परिवर्तन हुनु) र टाइम डिले (समय ढिलो चल्नु) जस्ता अन्य कारणले फोन र स्याटलाइट बीचको सञ्चारलाई प्रभाव पारिरहेका हुन्छन् ।

सोहीकारण स्याटलाइटहरूमा सिमलेस ह्यान्डअफ (अवरोध, ढिलाइ अथवा डेटामा हानी हुन नदिने ट्रान्जिसन) हुनु आवश्यक मानिन्छ ।

तर स्पेसएक्स यी सबै समस्या समाधान गर्ने प्रविधिहरू भूउपग्रहमा राखिएको दाबी गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?