मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अब त्रिविको प्रमाणपत्र अनलाइनबाटै,हुलाकमार्फत डेलिभरीकाे लक्ष्य !

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले घरबाटै ट्रान्सक्रिप्ट लिन पाउने भएका छन् । त्रिवि, परीक्षा नियन्त्रण कार्यालयले सेवाग्राहीलाई बल्खुस्थित कार्यालयमा आउनु नपर्ने गरी ट्रान्सक्रिप्ट तथा अन्य सेवा अनलाइनमार्फत दिने तयारी गरेको हो ।

पनिका प्रमुख पुष्पराज जोशीका अनुसार यो सेवाको आइतबार डेमो समेत गरिएको छ । अब यो प्रणालीबाट ट्रान्सक्रिप्ट लिन, सक्कली प्रमाणपत्र लिन, नाम सच्याउन जस्ता काम गर्न सकिने जोशीले जानकारी दिए । 

माघ १० बाट सेवा सुचारुको तयारी भएको बताएका उनले यो प्रणाली सुरु भएपछि विद्यार्थीहरू बल्खु आएर बैङ्कमा पैसा जम्मा गर्ने, फारम भर्ने जस्ता सबै काम गर्नुपर्ने बाध्यता हट्ने बताएका छन् । 

प्रणालीलाई राम्रोसँग सञ्चालन गर्न आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन भएसँगै यो काम व्यवस्थित तरिकाले चल्ने जोशीको भनाइ छ । हाल पर्याप्त जनशक्ति नभएकाले त्यसको व्यवस्था गर्न आफूहरू लागिपरेको उनले सुनाए ।

साथै भविष्यमा हुलाक सेवा विभागसँग समन्वय गरेर विद्यार्थीको ठेगानामा नै प्रमाणपत्र पुर्‍याइदिने योजना रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?