मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘एनिमल’को सफलतापछि रणवीरले बढाए आफ्नो ‘रेट’,अब कति लिन्छन् ? 

एकपछि अर्को ब्लकबस्टर फिल्मको बर्ष बनेको २०२३ बलिउड स्टार रणवीर कपुरको लागि  पनि अभूतपूर्व सफल रह्यो ।

उनकाे मुख्य भूमिका रहेकाे ‘एनिमल’ले बक्स अफिसमा रेकर्ड तोड कलेक्सन गर्‍यो । निकै विवाद र चर्चाका विच ‘एनिमल’को वर्ल्ड वाइड कलेक्सन ९१५ करोड भारु पुगिसकेको छ । यहिविच रणवीरले आफ्नो पारिश्रमिक बढाएको चर्चा सुरु भएको छ । 

रिपोर्टहरूका अनुसार  रणवीरले आफ्नो पारिश्रमिक ३० करोड भारुले बढाएर सिधै ६५ करोड भारुमा पुर्‍याएका छन् ।

तर यसबारे अभिनेता र उनको टिमले पुष्टि भने गरेको छैन । तर उनी निकट स्रोतले भने एनिमलको सफलता पछि रणवीरले कति फिस लिँदै छन् भन्ने कुरा पत्नी आलिया भट्ट र आमा नितु कपुरलाई पनि थाहा नभएको बताएको छ ।

फिल्मको सफलतापछि बलिउडका कलाकारहरूले आफ्नो फिस बढाउने गरेका छन् । यही कारण रणवीरले पनि पारिश्रमिक बढाएको चर्चा मात्र गरिएको त हैन भन्ने प्रश्न छ । 

तर खबरका अनुसार शनि देवलले पनि गदर–२ को सफलतापछि आफ्नो पारिश्रमिक बढाएका छन् ।

फिल्म रिलिज हुनु अघि एउटा फिल्मका लागि ८ करोड मात्रै लिने शनिले अब भने ५० करोड माग्न थालेका छन् । सन् २०२३ मा रणवीरको दुई ओटा फिल्म रिलिज भएको थियो ।

‘तु झूठी मे मक्कार’ले २२० करोड भारुको व्यापार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?