मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजको मौसम : पाँच ओटा प्रदेशमा हिमपात,तीन प्रदेशमा वर्षा

काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। त्यस्तै कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा  हल्का हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार  राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले दैनिक मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेको छ ।

त्यस्तै  देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?