मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई दिनमा २ वटा कलेजो प्रत्यारोपण

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई दिनमा वटा कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रका बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा शुक्रबार र शनिबार लगातार २ वटा कलेजो प्रत्यारोपण भएको हो ।

हाल सम्म केन्द्रले १८ जनाको कलेजो र ११८१ जनाको मृर्गौला प्रत्यारोपण गरी सकेको प्रेस नोटमार्फत केन्द्रले जानकारी दिएको छ । बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. श्रेष्ठको नेतृत्वमा कलेजो प्रत्यारोपणले नियमितता पाए सँगै २०८० सालमा १० जनाको कलेजो र १३८ जनाको मृर्गौला प्रत्यारोपण गरिएको अस्पतालको भनाइ छ ।

सबै भन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारो सस्तोमा गुणस्तरीय सेवा दिने गरेको केन्द्रको भनाइ छ । केन्द्रमा जिवित अंगदाताबाट र मस्तिष्क मृत्यू पश्चात हुने अंगदानबाट समेत प्रत्यारोपण हुने गरेको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?