मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड अभिनेत्री माधुरी दीक्षितको पहिलो प्रेमी को थियो ?

काठमाडौं – डा. श्रीराम नेनेसँग विवाह गर्नुअघि बलिउड अभिनेत्री माधुरी दीक्षित एक अभिनेतासँग गहिरो प्रेममा रहेको खुलासा भएको छ । सञ्जय दत्त र माधुरी दीक्षितको जोडी धेरै फिल्ममा निकै रुचाइएको जोडी हो ।

कुनै समय थियो दुबै एकअर्का गहिरो प्रेममा थिए । उनीहरु त्यतिबेला जुनसुकै बेला विवाह गर्न सक्ने चर्चा निकै चलेको थियो । यी माधुरी र सञ्जय फिल्म ‘ठानेदार’ बाट एकअर्काको नजिक भएका थिए । रिल लाइफमा दुबैको जोडी अचम्मको थियो र रियल लाइफमा पनि दुबै राम्रो देखिने विश्वास गरिएको थियो ।

माधुरी दीक्षित आफ्नो काममा निकै प्रोफेसनल भएतापनि उनका एक निर्देशकले उनको प्रेम देखेर डराउन थाले र पछि फिल्मको लागी सम्झौतामा हस्ताक्षर गर्न बाध्य बनाए । धेरैले हेरेको फिल्म हो ‘खलनायक’ । यो फिल्मलाई धेरैले सम्झनेछन् । यस फिल्ममा सञ्जय दत्त मुख्य भूमिकामा छन् । फिल्ममा ज्याकी श्राफ र माधुरी दीक्षितको जोडी छ । तर असर जीवनमा उनको लिंकअप सञ्जय दत्तसँग थियो।

माधुरीका त्यो समयमा आउने हरेक फिल्मी समाचारसंगै फिल्मका निर्देशक सुभाष घईको डर बढ्दै गएको थियो । सुभाष घईलाई फिल्मको सुटिङका ​​क्रममा माधुरी दीक्षित र सञ्जय दत्तको विवाह होला कि भन्ने डर थियो । यसो भयो भने फिल्मको कथामा असर पर्ने उनीमा चिन्ता थियो । जसको परिणाम फिल्मले नै भोग्नुपर्ने उनको डर थियो । किनभने फिल्ममा दुवै एकअर्काको विपरीत थिएनन् तर एकअर्काका शत्रु थिए ।

यही डरबाट बच्न निर्देशक सुभाष घईले एउटा ट्रिक ल्याए । उनले फिल्मको सुटिङका ​​लागी एक सम्झौता गरे । यो सम्झौतामा सञ्जय दत्त र माधुरी दीक्षित दुवैले हस्ताक्षर गरे। सम्झौतामा स्पष्ट लेखिएको थियो कि फिल्म पूर्ण रुपमा तयार भएर रिलिज नभएसम्म दुबैले एकअर्कासँग बिहे नगर्ने ।

त्यसपछि यो जोडी रिल लाइफमा मात्र सिमित रह्यो । अन्तत डा श्रीराम नेनेसँग अभिनेत्री माधुरी दीक्षितले विवाह गरि अनि रियल लाइफमा डा श्रीराम नेनेको जोडी बनिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?