मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अयोध्यामा भीआईपी पाहुनाहरूका लागि चार्टर्ड विमान, बनारसको ह्याङ्गरमा अवतरण

काठमाडौं – भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको उदघाटन  समारोहमा भीआईपी पाहुनाहरूका लागि चार्टर्ड विमानको व्यवस्था गरिएको छ । समाचार एजेन्सीका अनुसार मन्दिर उदघाटन समारोहको दिन एक सयभन्दा बढी विमान अयोध्यामा अवतरण हुनेछन् ।

वाराणसी एयरपोर्टको एयर ट्राफिक कन्ट्रोल ‘एटीसी’ ले राम मन्दिरको उदघाटन  समारोहमा आउने विशेष अतिथिहरूको विमानहरू र हेलिकप्टरहरूको सुरक्षित अवतरण र उडानमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

बनारस बाहेक अयोध्या आउने सबै विमान प्रयागराज र गोरखपुर एयरपोर्टबाट सञ्चालन हुने समाचार एजेन्सीले जनाएको छ । अयोध्या विमानस्थलमा भन्सार र अध्यागमनको व्यवस्था नहुँदा विशेष अतिथि बोकेका विदेशी चार्टर्ड विमानहरू वाराणसी र लखनउ विमानस्थलमा अवतरण हुने भएका छन्। कम दायराका कारण अयोध्या र गोरखपुर एयरपोर्टले विमानको आवागमनका लागि वाराणसी एटीसीको निर्देशनमा काम गर्ने बताइएको छ ।

अयोध्याको नवनिर्मित विमानस्थल सानो भएकाले त्यहाँ विमान पार्किङ ‘ह्याङ्गर’को व्यवस्था कम छ । प्राणप्रतिष्ठा उत्सवका लागि आउने प्रधानमन्त्री मोदी र अन्य कुनै देशका राष्ट्र प्रमुखको विमान मात्र त्यहाँ पार्क गर्न पाइने छ । वाराणसीको बाबतपुर विमानस्थलका निर्देशक पुनीत गुप्ताले भीआईपीका विमानहरू अयोध्या विमानस्थलमा अवतरण गर्ने र त्यसपछि वाराणसी, गोरखपुर वा प्रयागराज विमानस्थलमा पठाइने बताए।

कार्यक्रम सकिएपछि फेरि विमान अयोध्या पठाइनेछ । चार्टर्ड विमानको संख्या बढेमा पाहुनालाई वैकल्पिक विमानस्थलमा ल्याएपछि सडकबाट रामजन्मभूमि कम्प्लेक्समा पुर्‍याउने समाचारमा उल्लेख छ ।

यसैबीच, काशी–अयोध्याबीच अर्को महिनादेखि हेलिकप्टर सेवा सुरु हुने भएको छ । राजस एयरोस्पोर्ट एण्ड एडभेन्चर प्राइभेट लिमिटेड कम्पनीले काशीदेखि अयोध्यासम्म हेलिकप्टर सेवा दिने भएको छ ।

यस कम्पनीले काशी-अयोध्याबाहेक प्रयागराज, मथुरा र गोरखपुरलाई हेलिकप्टर सेवामार्फत जोड्नेछ। काशीका ८४ घाटको शृङ्खलाको अन्त्यमा नवनिर्मित नमो घाटमा बनेको हेलिप्याडबाट पर्यटकले हवाईमार्गबाट ​​अयोध्या र प्रयागराज जान पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?