मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भिडिओ भाइरल भएपछि चर्चित योग गुरु बाबा रामदेव विवादमा, यसरी दिए स्पष्टीकरण

काठमाडौं । चर्चित योग गुरु बाबा रामदेव विवादमा फसेका छन् । सामाजिक सञ्जालमा योग गुरु रामदेवले ओबीसीहरू बारे अपमानजनक टिप्पणी गरेको भिडिओ यतिबेला भाइरल भएको छ ।

भिडिओमा रामदेव भन्छन्, ‘मेरो मूल गोत्र ब्रह्मा गोत्र हो र म अग्निहोत्री हुँ। म अग्निहोत्री ब्राह्मण हुँ। भन्नुभयो– बाबाजी ! तपाईं ओबीसी (पिछडिएका जाति) हुनुहुन्छ । ओबीसी जनता…यसो गर । म अग्निहोत्री ब्राह्मण हुँ, म वेदी ब्राह्मण हुँ, म द्विवेदी ब्राह्मण हुँ। म त्रिवेदी ब्राह्मण हुँ । म चतुर्वेदी ब्राह्मण हुँ। मैले चार वेद पढेँ ।’

तर, सामाजिक सञ्जालमा सेयर भइरहेको भिडिओ क्लिपमा रामदेवले कुन आधारमा यस्तो भनेका हुन् भन्ने स्पष्ट भएको छैन । यो भिडिओ सेयर गर्दा धेरैले आपत्ति जनाएका छन् र पतञ्जलि बहिष्कार गर्ने ह्यासट्याग पनि प्रयोग गरेका छन् ।

यो भिडिओ कहिलेको हो, थाहा छैन । तर उक्त भिडिओ स्वतन्त्र रूपमा अनुसन्धान गर्न नसकेको बीबीसी हिन्दीले उल्लेख गरेको छ । तर भिडियो भाइरल भएपछि रामदेव मिडियाको अगाडि आएर आफ्नो स्पष्टीकरण दिएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार बाबा रामदेवले भने, ‘हामीले त्यस्तो कुनै बयान दिएका छैनौँ ।’

ओबीसीबारे पत्रकारले सोध्दा उनले भने, ‘ओबीसी। ओबीसी पक्कै पनि उल्टो दिमागको छ नै । ओबीसी र उनका पुर्खाको सोच देशद्रोही भएको छ । हामी यसमा कुनै कुरालाई गम्भीरतापूर्वक लिदैनौँ। यो ओबीसीको बारेमा होइन, हामीले ओबीसीको बारेमा कहिल्यै नकारात्मक कुरा भनेका छैनौँ ।’

हेर्नुस सामाजिक सञ्जालमा भाइरल भएको योग गुरु बाबा रामदेवको भिडिओ



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?