मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कपाल स्ट्रेट गर्दा पाठेघर र स्तन क्यान्सर हुने जोखिम

काठमाडौं । प्राय धेरै जसो दिदिबहिनी आज भोली कपाल स्ट्रेट गर्न रुचाउछन् । सभा समारोहमा पनि आफ्नो सुन्दरता कपालले पनि दिने भएकाले चिटिक्क पर्न कपाल स्ट्रेट गर्नेहरु अहिले निकै बढेका छन् । तर हामी सबैले आफ्नो कपाल स्ट्रेट गर्नु अघि, यसको बेफाइदा के हो जान्न जरुरी छ ।

डाक्टरहरू भन्छन् कि कपाल स्ट्रेट गर्न खतरनाक साबित हुन सक्छ । यसले महिलाको शरीरमा धेरै प्रकारको क्यान्सर पनि निम्त्याउन सक्छ । आजको जमानामा महिलाहरुमा कपाल स्ट्रेट गर्ने क्रेज धेरै भएको छ । सीधा कपाल पनि आजकल धेरै चलनमा छ । सहरी क्षेत्रका महिलाहरूले कपाल रंगीन र स्ट्रेट गराउन थालेका छन् ।

तर के तपाईलाई थाहा छ कपाल स्ट्रेट गर्ने बानीले क्यान्सर निम्त्याउन सक्छ । कपाललाई सिधा बनाउन धेरै प्रकारका केमिकल प्रयोग हुने चिकित्सकहरू बताउँछन् । यी रसायनहरू कपालमा बारम्बार प्रयोग गर्दा महिलाहरूमा पाठेघरको क्यान्सरको जोखिम बढ्छ ।

क्यान्सरको जोखिम किन ?
कपाललाई स्ट्रेट गर्न प्रयोग गरिने चीजहरूमा पनि यी ९ प्रकारका केमिकल पाइन्छ । जसले महिलामा स्तन र पाठेघरको क्यान्सरको जोखिम बढाउँछ । यदि यी रसायनहरू केही महिना वा वर्षमा कपालमा लगाइन्छ भने यसले महिलाहरूमा क्यान्सर, फाइब्रोइड र एन्डोमेट्रिओसिस जस्ता धेरै समस्याहरू निम्त्याउछ ।

Parabens formaldehyde को अत्यधिक प्रयोगले महिलाको प्रजननलाई असर गर्छ । यौवनावस्थामा प्रवेश गर्ने उमेरका केटीहरू यी कुरामा विशेष गरी संवेदनशील हुन जरुरी छ ।

एक वर्षमा धेरै पटक प्रयोग गर्दा खतरा
वर्षमा चार पटकभन्दा बढी कपाल स्ट्रेट गर्ने महिलामा अन्य महिलाको तुलनामा क्यान्सरको जोखिम बढी हुने गर्छ । यस्ता महिलामा स्तन क्यान्सर र पाठेघरको क्यान्सरको जोखिम ३० प्रतिशतले बढ्छ । एनआईएचएसको अनुसन्धानले यस्तो रसायन प्रयोग नगर्ने महिलामा क्यान्सरको जोखिम १.६४ प्रतिशत रहेको बताएको छ भने यसको प्रयोग गर्ने महिलामा क्यान्सरको जोखिम ४.०५ प्रतिशतले बढेको बताएको छ ।

यस्तो अवस्थामा महिलाहरूलाई कपालमा धेरै केमिकल प्रयोग नगर्न सल्लाह अनुसन्धानले पुष्टि गरेको छ । कपाल स्ट्रेट गर्नुअघि आफूले लगाउने क्रिममा कुनै किसिमको खतरनाक केमिकल छैन कि भनेर थाहा पाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?