मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुहिना ठोक्किँदा किन करेन्ट लागेको महसुस हुन्छ ?

कैयौँपटक कुहिना ठोक्किँदा तपाईँले पनि करेन्ट जस्तो झट्का महसुस गर्नु भएको होला । तर के तपाईँले यसो किन हुन्छ ? सोच्नु भएको छ ।

कुहिना ठोक्किँदा लाग्ने करेन्ट हड्डीमा पैदा हुन्छ । चिकित्सकका अनुसार यस हड्डीलाई फनी बोन्स भनिन्छ । जब यो हड्डी कुनै चीजमा ठोकिन्छ तब हामीलाई करेण्ट लाग्छ ।

कुहिनाको यो भाग अल्नर नामक नशामा जोडिएको हुन्छ । यही नशामा करेन्ट लाग्दा मानिसले आफूलाई झट्का लागेको अनुभूति हुने गर्दछ ।

शरीरको हड्डी तथा नसामा सुरक्षा दिन फ्याटको एक तरल जम्मा भएको हुन्छ । त्यसपछि छाला हुन्छ । छाला र फ्याटबाट ढाकिएको भएकै हुनाले कुनै ठोस चीजमा कुहिना ठोक्किँदा अल्नर नर्भमा तेज झट्का लाग्छ । र हामी करेन्ट लागेको महसुस गर्दछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?