हाम्रो भान्सामा प्रायजसो भइरहने फलमध्ये एक हो काँक्रो । जुन हामी सबैलाई स्वादिलो लाग्छ र खान रुचाउँछौ पनि ।
सलादको रुपमा दिनहुँ खानासँग हामी काँक्रो खाने गर्छौैँ।
अझ काँक्रोको अचार सम्झने बित्तिकै मुखमा पानी नै आउँछ । काँक्रो खाँदा जति मीठो र स्वादिलो हुन्छ स्वास्थ्यका हिसाबले पनि यो निकै लाभदायी फल हो
यी हुन् काँक्रो खानुका फाइदा
–काँक्रोमा ९५.२ प्रतिशत पानी हुन्छ । यसकारण काक्रो खाँदा शरीरमा पानीको मात्रा पुग्दछ ।
–काँक्रो सेवनले मुखभित्र भएका ब्याक्टेरियालाई हटाएर मुख गनाउने समस्याबाट राहत मिल्छ ।
–काँक्रोको बाहिरी भागमा फाइबर हुन्छ । जसले पाचन पक्रियालाई बलियो बनाउने गर्दछ । र तौल नियन्त्रणमा सहयोग गर्दछ ।
–काँक्रोले शरीरमा अनावश्यक रुपमा बढ्दै गएको कोषलाई रोक्ने गर्छ । जसले शरीरमा हुनसक्ने क्यान्सरको जोखिम घटाउँछ ।
–काँक्रोले अनुहारको डार्क सर्कल हटाउन मद्दत गर्छ ।
–काँक्रोको जुस मधुमेहका बिरामीहरुका लागि पनि फाइदाजनक रहेको छ ।
–दिनँहुजसो काँक्रोको सेवन गर्नाले छाला चम्किलो हुनुका साथै चाउरी परेका रेखाहरु पनि हराउँछन् ।
–काँका्रेले शरीरमा भएको युरिक एसिडको मात्रा घटाँउदै लैजान्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया