मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन एकपछि अर्को फिल्म साइन गरिरहेका छन् प्रदीप खड्का ?

काठमाडौं– अभिनेता प्रदीप खड्काले पछिल्लो समय हिट फिल्म दिन सकेका छैनन् । तर, दर्शकमाझ उनको क्रेज राम्रै छ ।
उनी अहिले होटल व्यवसायमा पनि जोडिएका छन् ।

केही समयअघि छानेर मात्र फिल्ममा अभिनय गरिरहेका प्रदीप यतिबेला भने एकपछि अर्को फिल्ममा अनुबन्ध भइरहेका छन् । हालै उनी ‘एक्टर’ फिल्ममा अनुबन्ध भएका छन् ।

यो फिल्ममा उनको जोडी आना शर्मासँग बाँधिनेछ ।

प्रदीपले यो फिल्म बाहेक पुजार सार्की र एैरीमा काम गर्ने फिक्स भइसकेको छ भने अर्को फिल्म पनि साइन गरिसकेका छन् ।

स्रोतका अनुसार उनीसँग अर्को एक नयाँ प्रोजेक्टमा पनि कुरा भइरहेको छ । यो फिल्म पनि प्रदीपले रुचाएको स्रोत बताउँछ ।

पछिल्लो समय भने प्रदीप ‘प्रकाश’ फिल्मका कारण चर्चामा आएका थिए । यो फिल्ममा उनले एक शिक्षकको भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा उनको अभिनयलाई धेरैले प्रशंसा गरेका थिए । अहिले भने प्रदीप पनि जतिसक्यो धेरै फिल्म खेल्ने अभियानमै लागेका हुन् कि भनेर फिल्म वृत्तमा चर्चा हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?