लसएन्जल्स– अमेरिकी लोकप्रिय गायिका तथा अभिनेत्री सेलेना गोमेज सामाजिक सञ्जालमा पुनः सक्रिय बनेकी छिन् ।
उनले सामाजिक सञ्जालबाट टाढा हुने घोषणा गरेकी थिइन् । त्यसको २४ घण्टा पनि नबित्दै उनी पुनः सामाजिक सञ्जालमा देखिएकी हुन् ।
उनले इन्स्टाग्राममा एक कुकिङ भिडियो पोस्ट गरेकी छिन् । साथै उनले बर्गर बनाउन सिकाउँदै गरेको भिडियो पनि शेयर गरेकी छिन् ।
‘म केही समयका लागि सामाजिक सञ्जालबाट टाढिँदै छु’, उनले सामाजिक सञ्जालमार्फत लेखेकी थिइन्, ‘केही महत्त्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्न चाहन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया