मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘टाइटानिक’ अभिनेत्रीले ओस्कार अवार्डलाई राख्छिन् बाथरुममा

काठमाडौं– हलिउड फिल्म टाइटानिकमा अभिनय गरेर विश्वभर चर्चा कमाएकी अभिनेत्री केट विन्स्लेटले आफूले ओस्कार अवार्ड बाथरुममा राख्ने गरेको खबर बाहिरिएको छ ।

अन्तर्राष्ट्रिय मिडियाले दाबी गरे अनुसार यी ब्रिटिश अभिनेत्रीले ओस्कार अवार्ड बाथरुममा राख्ने गरेकी छिन् । किनकि उनले बाथरुममा नै पूरै समय दिन सक्छिन् ।

मिडियाको दाबी अनुसार बाथरुममा राखिएको ऐनामा पनि ओस्कार अवार्ड देखिँदा आफूलाई खुशी लाग्ने बताएकी छिन् ।

उनलाई फिल्म ‘द रिडर’ बाट ओस्कार अवार्ड दिइएको थियो । यो फिल्मबाट उनले सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार हात पारेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?