काठमाडौं– मानव शरीरमा रहेको रगतबाट नै व्यक्ति कस्तो स्वभावको हुन्छ भन्ने थाहा पाउन सकिन्छ । रगतविना मान्छेको शरीरले काम गर्न सक्दैन ।
तपाईंको ब्लड ग्रुपले नै तपाईंको स्वभाव पहिचान गर्न सक्ने विभिन्न अध्ययनले देखाएका छन् । एनएचएस ब्लड एण्ड ट्रान्सप्लान्ट ल्याबका प्रमुखले एक रिसर्चले यस्तो देखाएको बताएका छन् ।
ब्लड ग्रुप ‘ए’ हुनेहरु समय चिन्ने, धैर्यवान्, संवेदनशील र वफादार हुने पाइएको छ ।
यस्तै ‘बी’ ब्लड ग्रुप हुनेहरु मिलनसार हुने तर अपेक्षाकृत स्वार्थी हुने गरेको पाइएको बताइएको छ । यो ब्लड ग्रुप हुने व्यक्ति साँचो बोल्न रुचाउने स्वभावका हुन्छन् । रिपोर्टका अनुसार कतिपय भने जिद्दी स्वभावका हुन्छन् ।
‘एबी’ ब्लड ग्रुप हुनेहरु शान्त स्वभावका हुने गरेको पाइएको छ भने उनीहरु चतुर र बुद्धिमान पनि हुने गर्छन् ।
यस्तै ‘ओ’ ब्लड ग्रुप हुनेहरु लक्ष्यमा पुग्नका लागि धेरै नै ढुक्क हुन्छन् । उनीहरु योजना बनाएर अगाडि बढ्छन् । यो ब्लड ग्रुप हुने धेरै व्यक्ति राम्रो साथीसमेत हुन सक्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया