मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्मार्ट फोन र स्मार्ट टिभीजस्तै ‘स्मार्ट ट्वाइलेट‌’, जसले दिनेछ तपाईँले चाहेका सुविधा

काठमाडौं– प्रविधिमा हरेक दिन नयाँ नयाँ प्रयोगहरू भइरहेका छन् । तपाईँले स्मार्ट टिभी र स्मार्ट फोन त प्रयोग गर्दै आउनुभएको छ ।

अब भने बजारमा स्मार्ट ट्वाइलेट (कमोड) पनि आएको छ ।

अमेरिकाको लस भेगासमा आयोजना गरिएको सीईएस २०२४ मा यस्तो खालको स्मार्ट कमोड प्रदर्शन गरिएको छ ।

उक्त इभेन्टमा कोहलर नामक एक अमेरिकी कम्पनीले स्मार्ट कमोड लन्च गरेको हो । अमेरिकामा यसको विक्री पनि हुन थालेको छ । यसको मूल्य नेपाली रूपैयाँ १ लाख ७० हजार रुपैयाँ पर्छ । यो सेतो रंगमा मात्र उपलब्ध छ ।

यसबारे कम्पनीले एक भिडियो युट्युबमा पनि अपलोड गरेको छ ।

कम्पनीका अनुसार यो कमोडमा हातको प्रयोग गर्नु पर्दैन । यसले स्वचालित रुपमा सबै काम गर्न सक्छ । यसमा जेट स्प्रे भ्वाइस कमान्डका रुपमा उपलब्ध छ । यसलाई प्रयोग गर्न भने एलेक्सा या गुगल होमको सहायताबाट मात्र गर्न सकिन्छ ।

यो कमोडलाई एपबाटै नियन्त्रण गर्न सकिन्छ । साथै यसलाई रिमोटको सहायताबाट पनि प्रयोग गर्न सकिन्छ ।

साथै यसमा पानीको तापक्रम, पानीको दबाब, सिट सबै आफू अनुकुल समायोजन गर्न सकिने सुविधा छ ।

समाचारहरूका अनुसार यसमा मसाज मोड पनि उपलब्ध छ । साथै यसमा स्वचालित यूभी क्लिनिङ पनि उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?