मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

संसारकै सबैभन्दा खतरनाक चोरी, सबै पैसा ट्रकमा नअटेर चोरले छोडेर हिँडे

जोयनेपाल
2.1k
Shares
सांकेतिक तस्वीर ।

काठमाडौं– तपाईंले चोरी भएका घटना फिल्ममा त पक्कै पनि देख्नुभयो होला । फिल्ममा चोरलाई निकै सजिलो हुने गरी ठूलो रकम चोरेको देखाइन्छ ।

आज भने हामीले संसारकै सबैभन्दा ठूलो डकैतीका बारेमा जानकारी दिन गइरहेका छौँ । एउटा यस्तो खबर बाहिर आएको थियो कि, जसलाई आश्चर्यकै रुपमा हेरिएको छ ।

सन् २००३ मा अमेरिकाले इराकमा हमला गर्ने योजना बनाएको थियो । मिलिट्री डटकमका अनुसार उक्त दिन संसारकै सबैभन्दा ठूलो चोरी भयो । त्यो दिन थियो मार्च १८ ।

कतिपयले भने यसलाई चोरी मान्दैनन् किनकि, यसलाई तत्कालीन राष्ट्रपति सद्दाम हुसेनको अधिकार पनि भनिन्छ ।

घटना के थियो भने केही व्यक्ति हातमा पर्ची लिएर इराकको सबैभन्दा ठूलो बैंक सेन्ट्रल बैंक अफ इराक गए । त्यहाँ उनीहरुले म्यानेजरलाई एक पर्ची दिए ।

पर्चीमा लेखिएको थियो, राष्ट्रपति चाहन्छन् कि अमेरिकाको हमला हुनुभन्दा पहिले देशको पैसा सुरक्षित स्थानमा राख्नुपर्छ । त्यो पत्र पाउनासाथ सबै बैंककर्मी छक्क परे । र, सोही अनुसार गरे ।

सबै पैसा ट्रकमा भेरेर लगियो । पैसा यति धेरै थियो कि, ट्रक नै कम भयो । त्यसपछि केही रकम बैंकमा नै छोडेर चोरहरु भागे ।

अर्को अचम्मको कुरा त के हो भने यो चोरी झण्डै पाँच घण्टा चलेको थियो । त्यहाँ चोरहरुले कुनै हतियार पनि प्रयोग गरेका थिएनन् ।

पछि सद्दाम हुसेनले आफूले यस्तो केही नभनेको प्रतिक्रिया दिए । त्यसपछि पो बल्ल चोरी भएको बाहिर आयो । तर, पर्ची लिएर आउने अरु कोही नभएर सद्दामका छोरा र उनका साथीहरु थिए ।

पछि हिसाब गर्दा झण्डै ८ करोडभन्दा बढी चोरिएको पाइयो । पछि अमेरिकाले सद्दामका ती छोरालाई पनि आक्रमण गरेर मारिदियो । त्यसपछि बाँकी पैसा कहाँ गयो भन्ने कसैलाई पनि थाहा भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?