हामीले हिन्दुहरुका आराध्यदेव भगवान शिवको बारेमा धेरै कुरा सुनेका छौँ । शिव चाँडै नै प्रसन्न हुने भएकाले भोले बाबाको नामले पनि पुकारिन्छ ।
शिव केही सजिलो तरिकाले पुकारेमा पनि खुशी हुन्छन् । उनको पुजा गर्न साना साना नियम पालन गर्नु अनिवार्य हुन्छ ।
भगवान शिवको पुजा गर्दा गल्तीले पनि शंख बजाउनु हुँदैन । शिव पुराणका अनुसार कुनै जमानामा शङ्खचूड नामक एक महापराक्रमी दैत्य थिए । दैत्यराज दम्भका छोरा थिए ।
दैत्यराज दम्भले केही वर्षसम्म भगवान विष्णुको कठिन तपस्या गरे र उनले तीन लोकको लागि अजय र महापराक्रमी छोराको वरदान मागे ।
यति मात्र नभएर दम्भको छोरा शङ्खचूडले ब्रह्माजीको तपस्या गरेर उनले आफ्नो लागि अजेय हुने वरदान हासिल गरे ।
फलस्वरुप केही समयपछि तीनै लोकलाई आफ्नो स्वामित्वमा पारे । शङ्खचूडले गरेको अत्याचारबाट तीनै लोक नराम्रोसँग प्रभावित भए ।
मानिसमात्र नभएर देवताहरू पनि दुःखी थिए । यसबाट छुटकारा पाउनका लागि सबै जना शिवको शरणमा गए, तर शिवजी शङ्खचूडको वध गर्नमा असमर्थ थिए, किनकि शङ्खचूडलाई श्रीकृष्णको कवच र तुलसीको पतिव्रत धर्म प्राप्ति थियो ।
भगवान विष्णुजीले ब्राह्मणको भेषमा शङ्खचूडसँग श्रीकृष्णको कवच दानमा मागे । साथै शङ्खचूडको रुपमा तुलसीको शील पनि हरण गरे ।
यसपछि शिवजीले शङ्खचूडलाई आफ्नो त्रिशूलले भस्म गरिदिए । उनै शङ्खचूडको हड्डीबाट शङ्खको जन्म भएको मानिन्छ । यसैकारण शिवजीको पूजामा शङ्खको प्रयोग वर्जित गरिएको धार्मिक मान्यता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया