मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कन्दराले ततायो पोखरा, झुमे दश हजारभन्दा बढी दर्शक

पोखरा– पोखरेली लोकप्रिय ब्याण्ड ‘कन्दरा’ ले पोखरामा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । पोखरा प्रदर्शनीमा भएको उक्त कार्यक्रममा दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।

‘पहिला घरदेश, अनि परदेश’को नारा रहेको कार्यक्रममा १० हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

योसँगै कन्दरा ब्याण्डले नेपालका सातवटै प्रदेशमा कार्यक्रम गर्नेछ ।

पोखरा पर्यटन परिषद्‌को आयोजनामा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा प्रज्ञा प्रतिष्ठान, तथा अन्य सरकारी निकायहरूले प्रवर्धन गरेको यो कार्यक्रमले आन्तरिक पर्यटनको राष्ट्रिय नारा कन्दरा ब्यान्डबाट नै प्रवर्तन गरेको छ ।

कार्यक्रममा गायक विवेक श्रेष्ठले “पोखरामा जन्मिएको कन्दरा ब्यान्ड आजको यो कार्यक्रमबाट पुनर्जन्म लिएको बताए ।

लोकप्रिय पोखरेली ब्याण्ड कन्दरा बीचमा केही समय सुस्ताएको थियो । पछिल्लो समय भने कन्दरा ब्याण्ड नयाँ जोश र जाँगरका साथ सांगीतिक क्षेत्रमा कमब्याक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?