मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

न्युजिल्याण्डकी पूर्वप्रधानमन्त्री जसिन्डाले कसिन् लगनगाठो

काठमाडौं । न्युजिल्याण्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न विवाह बन्धनमा बाधिएकी छिन् । उनले शनिबार प्रेमी क्लार्क गेफोर्डसँग विवाह गरेकी हुन् । आर्डर्न र गेफोर्डले पाँच वर्षअघि इन्गेजमेन्ट गरेका थिए । सन् २०२२ मा बिहे गर्ने तय भए पनि कोरोना महामारीको बढ्दो संक्रमणका कारण उनीहरुले आफ्नो विवाह स्थगित गरेका थिए ।

लामो समयपछि एक निजी समारोहमा विवाह गरेका हुन् । सन् २०१७ मा मात्र ३७ वर्षको उमेरमा आर्डर्न न्युजिल्याण्डको ४० औं प्रधानमन्त्री बनेकी थिइन् ।

न्युजिल्याण्डको राजधानी वेलिङ्टनबाट ३२५ किलोमिटर टाढा रहेको हक्स बे क्षेत्रमा विवाह समारोह आयोजना गरिएको थियो । आर्डर्न र गेफोर्डले परिवारका सदस्यहरूको उपस्थितिमा विवाह गरेका हुन् । विवाह समारोहमा पूर्व प्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित थिए ।

पूर्व प्रधानमन्त्री आर्डर्न र उनका प्रेमी गेफोर्ड २०१४ देखि सँगै छन् । करिब पाँच वर्षपछि उनीहरुले इन्गेजमेन्ट गरेका थिए । उनीहरुले सन् २०२२ मा विवाह गर्ने निर्णय गरेका थिए ।

आर्डर्नले कोरोना महामारीको अवधिमा मुलुकका लागि धेरै महत्वपूर्ण निर्णय लिएकी थिइन्, जसका कारण उनको कामको पनि प्रशंसा भएको थियो । प्रधानमन्त्री पदमा रहँदा उनले बच्चालाई पनि जन्म दिइन् ।

आफ्नी नवजात छोरीलाई संयुक्त राष्ट्र महासभामा पनि लिएर गएकी थिइन् । आर्डर्नले जनवरी २०२३ मा आफ्नो पदबाट राजीनामा दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?