मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काँडेतारको सके जोवन दिउँला माया बोलको गीत सार्वजनिक

काठमाडौं । नवल खड्का निर्मित एवं निर्देशित चलचित्र ‘काँडेतार’को गीत सार्वजनिक भएको छ । सके जोवन दिउँला माया बोलको गीत युट्युबमार्फत शनिबार सार्वजनिक गरिएको हो ।

गीतमा दीपक शर्माको शब्द तथा संगीत एवं उदय राज पौडेलको एरेन्ज छ । सत्यकला राई र विक्रम राईले गीतमा स्वर दिएका छन् । भिडियोमा चलचित्रका कलाकारहरू गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ, प्रशान्त यादवलगायत फिचर्ड छन् ।

नवलकै लेखन रहेको चलचित्र ‘काँडेतार’ फागुन २५ गते रिलिज हुँदै छ । अहिले देशका विभिन्न सहरमा च्यारिटी शो भइरहेको चलचित्रको शीर्ष भूमिकामा नवल स्वयंमले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?