मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाई दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

काठमाडौं । खुशी हुन कसलाई रहर हुदैन र वास्तबमा सबैको जीवनको एउटा साझा उदेश्य नै खुशी र सुखी हुनु नै हुन्छ । जिन्दगीमा खुशी र दुख आधा आधा हुन्छ भनिन्छ तर हामी खुशी हुनु भन्दा पनि धेरै दुखि भइरहेका हुन्छौ । कहिले दुख आइ पर्छ त कहिलेकाही हामी खुशी हुन नै जान्दनौ र साना साना कुरामै दुखी भइदिन्छौ ।

कार्य गर्दै जादा असफलता प्राप्त हुनु एक सामान्य कुरा हो तर हामी असफल एकचोटि हुन्छौ अनि त्यो असफलतामा धेरै पटक दुखी भइदिन्छौ । जीवनमा आइ पर्ने उतार चढावलाइ सहर्ष स्वीकारेर सकारात्मक सोचको साथ निरन्तर अघि बढ्नु नै खुशी हुने सरल तरिका हो । आज हामी खुशी कसरि हुने भन्ने बारे बुँदागत रुपमा छलफल गर्ने छौ ।

सकारात्मक मानसिकता सिर्जना गर्ने
आफुसँग भएको चीजहरूको लागि कृतज्ञ हुनुले तपाईंको जीवन परिवर्तन गर्न सक्दछ। यसले तपाईंको लागि राम्रो के छ , त्यसमा फोकस गर्न मद्दत गर्दछ रआफ्नो जीवनको बारेमा सोचेर निराश हुनबाट रोक्दछ । जीवनमा जे कुरा मिलेको छ त्यो कुरालाई स्वीकार गरि पाएका कुराको लागि आभारी हुनु पर्दछ । जहिले आफु संग नभएका कुराहरुको वारे सोच्नाले मानिसलाई दुखी बनाउछ ।

नकारात्मक विचारलाइ सकारात्मक बनाउने
मानिस दुखी हुनुको सबै भन्दा ठुलो कारण दिमागमा नकरात्मक सोच आउनु हो । नकरात्मक विचारहरूले खुशी महसुस गर्नमा बाधा पुर्याउन सक्छन तर तपाईं ति बिचारहरूलाई कुनै पनि बेला परिवर्तन गर्न सक्नुहुन्छ । आफुले गरेका कतिपय गल्तिहरू छन् भने आफैले आफुलाइ माफी दिनुपर्छ ।

नकारात्मक विचारलाइ सकारात्मक बनाउने, मानौं तपाईंमा यस्तो सोच आयो कि “म एकदम कुरूप छु।” तपाईले यस बिचारलाई बदल्न सक्नुहुन्छ, “म कुरूप छैन किनकी सबै मानिस आ (आफ्नो तरिकाले सुन्दर छन, म मा नि केही चीज छ जो सुन्दर छ ” वा “म अद्वितीय छु, र यसले मलाई सुन्दर बनाउँछ।

आफैले आफ्नो तारिफ गर्नुहोस
आफुले गरेको राम्रो काम र सफलताको लागि आफुलाई नै प्रशंसा गर्नु पनि खुशी हुने अर्को महत्वपूर्ण कुरा हो यसो गर्नाले तपाईलाई आफु सहि बाटोमा हिडिरहेको छु भन्ने भान त हुन्छ नै साथै आफैबाट अझ राम्रो गर्ने र अघि बढ्ने प्रेरणा पनि मिल्दछ ।

आफुलाई अरुसंग तुलना नगर्ने
हामी दुखी हुनुमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो अर्को ठुलो कारण हो । अरु संग त्यो छ तर म संग छैन भनेर चिन्ता लिनु नै दुख निम्त्याउनु हो । सबैजना आ(आफ्नो यात्रामा छन्, त्यसैले अरुको उपलब्धि हेरेर आफ्नो प्रगति मापन गर्नु अनुचित हुन्छ । अन्य व्यक्तिले के गरिरहेका छन् भनेर चिन्ता नगर्नुहोस्। यसको सट्टामा, आफू विगतमा भएको ठाउँमा तुलना गर्नुहोस्। यसले तपाईंको कति र कसरी प्रगति भइरहेको छ हेर्न मद्दत गर्दछ ।

जे मन पर्छ त्यो गर्ने
जे मन पर्छ त्यो गर्ने भन्नाले कसैलाई आघात पार्ने काम गर्नु होइन तर कार्य गर्दा होस् या कुनै चाहना पुरा गर्दा कसैको दवाबमा नपरेर आफ्नो चासोको बिषयमा काम गर्नाले या आफुले चाहेको कुरा गर्नाले धेरै नै खुशी मिल्छ । आफुलाई खान मन लागेको खाने, घुम्न मन लागेको ठाँउ घुम्ने यस्ता व्यक्तिगत कुरालाई पुरा गर्न कहिल्यै पनि नरोक्नुहोस ।

आफ्नो क्षमताको पहिचान गर्नुहोस
यदि तपाइमा गीत गाउने कला छ भने गायनलाइ नै आफ्नो काम बनाउनुहोस नाच्न मन पर्छ र नाच्ने क्षमता छ भनेर नाचेर नै खुशी हुने प्रयत्न गर्नुहोस । धेरैको इच्छ्या एक तिर अनि कार्य अर्को तिर हुनाले पनि मानिसलाई दुखी बनाइरहेको हुन्छ ।

सामान भन्दा अनुभव बटुल्नमा पैसा खर्च गर्ने
आफुले चाहेको सामान किन्नु पनि निकै रमाईलो हुन्छ , तर यसले चिरस्थायी खुशी दिन सक्दैन । सामानहरु किन्नमा भन्दा घुम्न ,मुभी हेर्न केहि नयाँ चिजको अनुभव गर्न पैसा प्रयोग गर्नुहोस् । अधिक रमाइलोको लागि, तपाईंलाइ मन पर्ने , ख्याल राख्ने व्यक्तिहरूसँग घुम्न या केहि चाख लाग्दो कुरा गर्नमा पैसा खर्च गर्नुहोस ।

कृतज्ञताको सूची बनाउने
हरेक दिन आफू के कुरामा कृतज्ञ छु भन्ने कुरा याद गर्नुहोस । आफुले जुन कुरा पाउदा खुशी मिलेको छ ति कुराहरु याद गर्दा खुशी हुन सहज हुन्छ साथै नभएका कुराहरुबारे सोच्न बाट बन्चित पनि भइन्छ । यो कुरा सुन्दा सहज सुनिन सक्छ। तर उक्त प्रक्रिया निरन्तर रूपमा गर्ने अभ्यास गर्ने व्यक्तिहरु बढी खुशी भएको पाइन्छ ।

ध्यान गर्ने
तपाईँ कम्तीमा १० मिनेट ध्यान बस्नुपर्ने हुन्छ। खुशी भएर बाच्नेहरु ध्यान बस्नाले दिमागलाइ आनन्द मिल्ने र नकारात्मक सोचबाट मुक्ति मिल्ने बताउँछन्।

परिवार र साथीसँग धेरै समय बिताउने
खुशी हुने तरिका सम्बन्धि भएका अनुसन्धानहरूका अनुसार परिवार र साथीहरूसँग धेरै समय बिताउँदा थप खुशी हुन सघाउ पुग्छ। स्वस्थ, पारस्परिक र सामाजिक सम्बन्ध हुनुले तपाईँको भलाइ गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?