मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चर्चित साहित्यिक म्यागेजिन ‘प्रतीक’को अष्ट्रेलियाली संस्करण नेपालमा लोकार्पण

काठमाडौं । चर्चित साहित्यिक म्यागेजिन ‘प्रतीक’को अष्ट्रेलियाली संस्करण नेपालमा लोकार्पण गरिएको छ । काठमाडौंस्थित अष्ट्रेलियाली राजदूतावासमा बिहीबार भएको कार्यक्रममा ‘फायर एन्ड रेन’ विशेषाङ्क राजदूत फेलोसिटी भोक र हिमाली कविको विश्व पहिचान बनाएका युयुत्सु आरडी शर्माले संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।

प्रतीकका सम्पादकसमेत रहेका शर्माले साहित्यकार तथा लेखकसमेत रहेकी भोकसँग अन्तरवार्ता लिएका छन् । अन्तरवार्ता प्रतीकको विशेषाङ्कमा समावेश गरिएको छ ।

नेपालबाट प्रकाशन भइरहेको साहित्यिक अङ्ग्रेजी पत्रिका ‘प्रतीक’, एसिया प्यासिफिक राइटर्स एन्ड ट्रान्सलेटर्स र रेड रुम पोयट्रीको सहकार्यमा प्रकाशित विशेषाङ्क हो जसका सम्पादकमा साहित्यकार शर्मा, स्याली ब्रिन र जेनिफर म्याकेन्जी छन् ।विशेषाङ्कमा प्राकृतिक र सहरी विश्वको सम्बन्धबारे चिन्ता र अनिश्चितता तथा हिंसा र कोमलतासम्बन्धी विषय अभिव्यक्त छन् ।

राजदूत भोकका दुई उपन्यास ‘लाइटनिङ’ र ‘डिजायर लाइन्स’ शीर्षकमा प्रकाशन पनि भइसकेका छन् । सो अवसरमा राजदूत तथा साहित्यकार भोकले जहाँ बसेका भए पनि मानिसको अनुभव विश्वव्यापी नै हुने बताउँदै ‘प्रतीक’ को अस्ट्रेलिया विशेषाङ्क नेपाल र विश्वभरका लागि अस्ट्रेलियाली लेखकहरूलाई बुझ्ने पाउने एक उपहार हुने बताइन भने युद्ध र जलवायु परिवर्तनको यस समयमा मानवता नै आवश्यक हुने तर्क गरिन ।

विशेषाङ्कका सम्पादक शर्माले राजदूत भोक वास्तविक रूपमा भाषा, साहित्य र संस्कृतिको पनि राजदूत भएको विचार राख्दै उहाँकै सहयोगमा आदिवासी जनता, जलवायु परिवर्तन, पुर्खाका स्मृति प्रस्तुत विशेषाङ्क प्रकाशन गर्न सकिएको बताए । भोकको एक उपन्यास लेखक शर्मा र साहित्यकार अमर आकाशबाट नेपालीमा अनुवाद भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?