मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गायक इन्द्र कार्की र समीक्षा अधिकारीको बुलेट पड्काउँदै सार्वजनिक ( हेर्नुस भिडियोसहित )

काठमाडौं – गायक इन्द्र कार्की र गायिका समीक्षा अधिकारीको स्वरमा ‘बुलेट पड्काउँदै’ गीत सार्वजनिक भएको छ । स्वयम् इन्द्र कार्कीकै शब्द रचना रहेको उक्त गीतमा उनलाई रमन थामी, सडज लिम्बु, सुन्दर लामा, निर्मला घिसिङ्ग, लक्ष्मी स्याङ्ताङ्ग, निर्मल गदाल लगायतले कोरसमा साथ दिएका छन् ।

भिमफेदी गाईज टिमको र आभा थापाको अभिनय रहेको सो गीत भिमफेदी गाईज अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतको सङ्गीत तथा सङ्गीत संयोजन सुन्दर लामाले गरेका हुन् । पवन सुसलिङको छायांकन तथा सम्पादन रहेको सो भिडियोलाई निर्मल लामा ‘बिजी’ ले निर्देशन गरेका हुन् ।

२०५३ सालमा उदयपुरको बराहा गाविस हाल लिम्चुङ्गबुङ गाउँपालिकामा जन्मिएका गायक कार्की लामो समयदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा साधनारत छन् । यस अघि उनले आफू त गाउँले अल्लारे, सलल बग्ने कोशीको पानी, ऐंसेलु दानालेलगायत आधा दर्जन गीत बजारमा ल्याइसकेका छन् ।

हेर्नुस भिडियो बुलेट पड्काउँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?