मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आदतमा प्रियाना र संजिवको रोमान्स

काठमाडौं । लोकप्रिय गायिका माण्डबी त्रिपाठीको स्वर तथा डा.भामा देवकोटा शर्माको शब्द रहेको गीत ‘आदत’ सार्वजनिक भएको छ । गीतमा संगीत तथा संगीत संयोजना बिपिन आचार्यको छ ।

रोमान्टिक शैलीमा तयार गीतमा प्रेमीकाले आफ्नो जीवनमा प्रेमीको आदत परेको कुरा ब्यक्त छ । प्रेमीकाले आफ्ना लागि प्रेमीकोसाथ अपरिहार्य रहेको समेत बताएकी छन् । गीतको भिडियो फिल्मी शैलीमा तयार गरिएको छ । भिडियोमा हास्य सिरियल ‘सक्किगोनी’को कलाकार प्रियाना आचार्य मुन्नी’, संजिव तामाङ, गीतकार डा.भामा देवकोटा शर्मा, डा. प्रमोद शर्मा, श्यामा देवकोटाको अभिनय छ ।

डा. प्रमोद शर्मा निर्माता रहेको भिडियोमा प्रेमीप्रेमीकोको रोमान्टिक प्रेमकथा देखाइएको छ । सञ्जिव तामाङको कोरियोग्राफी, विजय रुम्बा लामाको छायांकन तथा सम्पादन रहेको भिडियो संगीतकार विपिन आचार्यले नै निर्देशन गरेका हुन् ।

गीत अमेरिकामा रहेर नेपाली गीतसंगीत, साहित्य र संस्कृतिलाई माया गर्ने जोडी डा. भामा देवकोटा शर्मा र डा. प्रमोद शर्माको आधिकारिक युट्युव च्यानल प्रभामा क्रियसनबाट सार्वजनिक गरिएको हो । नेपाल र अमेरिकाको बिभिन्न स्थानमा छायांकन भएको भिडियोेको अमेरिका छायांकन चर्चित छायांकार रामेश्वर कार्कीले गरेका हुन् ।

फिल्मी शैलीमा तयार भिडियोमा चर्चित फिल्म निर्देशक नारायण पुरीको समेत विशेष मार्गनिर्देशन रहेको निर्देशक संगीतकार आचार्यले बताए । गीत तथा भिडियो दर्शक श्रोताको रुचिमा पर्ने विश्वास गीतकारको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?