मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मटन कबाब बनाउने रेसिपी

काठमाडौं । नेपालमा खाइने र भारतमा खाइने मटन कबाबको बनावटदेखि स्वादसमेत फरक छ । नेपालमा मटन कबाब चोक्टामा हुन्छ भने भारतमा पकौडा स्टाइलको मटन कबाब तयार पारिन्छ । भारतमा पाइने मटन कबाबलाई कसै–कसैले मटन किमा कबाब पनि भन्छन् । यो परिकार तयार गर्न सबैभन्दा पहिले खसीको मासुको किमा बनाउने ।

कराहीमा घ्यू तताउने, घ्यू तातेपछि जिरा, सुकेको खुर्सानी, अदुवा तथा लसुनको टुक्रा हालेर पकाउने । लसुन र अदुवा खैरो भएपछि ठिक्कको टुक्रा पारिएको प्याज पनि हाल्ने र २ मिनेट चलाउँदै पकाउने । त्यसपछि मटनको किमालाई पनि त्यसैमा हालेर चलाउँदै पकाउने ।

नुन हाल्ने र सबै कुरा राम्रोसँग मिल्ने गरी चलाउने । उक्त किमालाई छोपेर १० मिनेटजति पकाउने । मासुमा रहेको पानी सुकाएर लगभग ९० प्रतिशत पकाउने । यसरी पकाइएको मासु सेलाएपछि त्यसमा धनियाँको पात, बाबरी तथा कागतीको रस हालेर ब्लेन्ड गर्ने ।

प्यानमा थोरै तेल हालेर तताउने । ब्लेन्ड गरिएको मासुको किमालाई हातले थिचेर पकौडाको सेप दिने । अर्को कचौरामा २ वटा अन्डा फिटेर राख्ने । पकौडाको सेपमा आएको मटनलाई अन्डाको घोलमा डुबाएर कराईमा फ्राई गर्ने । दुवैतर्फको भाग रातो भएपछि झिकेर धनियाँ वा बाबरीको अचारमा चोपेर खाने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?