मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मृगौला स्वस्थ राख्न के कुरामा ध्यान दिने ?

काठमाडौं । हामी सबैलाई थाहा छ कि मृगौला हाम्रो शरीरको महत्वपूर्ण अंग हो । हामीमध्ये धेरैलाई थाहा छ कि मृगौलाले शरीरका लागि के–कस्ता काम गर्छ । मृगौलाले शरीरको फोहोर पदार्थ हटाउने काम गर्छ । यसले रगतमा बनिरहेको टक्सिनलाई शरीरबाट बाहिर निकाल्ने काम गर्छ ।

यसले इलेक्ट्रोलाइट र रक्तचापलाई पनि सन्तुलित राख्छ । मृगौलाले नै शरीरमा बन्ने खतरनाक रसायन युरिया र युरिक एसिडलाई पिसाबको माध्यमले बाहिर निकाल्ने काम गर्छ ।

यसबाहेक मृगौलाले विभिन्न प्रकारको पोषक पदार्थ ग्लूकोज, एमिनो एसिड, बायकार्बोनेट, सोडियम, पानी, फस्फोरस, क्लोराइड, म्याग्नेसियम र पोटासियमलाई रगतबाट शोषित गरेर शरीरका अन्य हिस्सामा पुर्याउने गर्छ । यति धेरै काम गर्ने मृगौलालाई राम्रो अवस्थामा राख्नु निकै आवश्यक छ ।

हाम्रो आफ्नै बदलिदो जीवनशैली तथा खानपानका कारण अहिले धेरै मानिस मृगौलासम्बन्धी समस्याले छोएको छ । तर समस्याबाट बच्न स्वस्थ जीवनशैली तथा खानपान अपनाए यसबाट सजिलै जोगिन सकिन्छ । हाम्रो शरीरलाई स्वस्थ तथा सक्रिय बनाउन मृगौलाले फिल्टरको काम गरी रगत सफा गर्छ तसर्थ यसलाई स्वस्थ राख्नु आवश्यक छ । 

पाचन क्रियाका बेला हाम्रो खानाबाट निस्कने सूक्ष्म खराब तत्व मृगौलामा जम्मा हुन्छ र पिसाबको माध्यमबाट शरीर बाहिर निस्कन्छ । मृगौलाले रातो रक्तकोशिका निर्माण गर्नुका साथै रगत सफा राख्न सहयोग गर्छ । यसले भिटामिन डी निर्माण गर्नुका अतिरिक्त हड्डी बलियो बनाउने काम पनि गर्छ । 

कसरी स्वस्थ राख्ने ?

पानी प्रशस्त मात्रामा पिउनुपर्छ : मृगौला स्वस्थ राख्न पर्याप्त मात्रामा पानी पिउनुपर्छ । स्वस्थ मानिसले दिनभरमा ४ लिटर पानी पिउनुपर्छ । पानीले शरीरमा भएको खराब तत्त्व पिसाबको माध्यमबाट बाहिर निकाल्छ भने पाचनतन्त्रको कार्यप्रणाली पनि दुरुस्त राख्छ ।

 सन्तुलित आहार

खानामा चिनी तथा नुनको मात्रा आवश्यकभन्दा बढी भए मृगौलामा क्षति पुग्छ । यी दुवै चिज बढी प्रयोग गर्दा मृगौलाको कार्यक्षमता ह्रास हुन्छ । त्यसैले मिठाई, चकलेट, केक, अचार, पापडजस्ता चीजको सेवन सीमित मात्रामा गर्नुपर्छ । धूमपान तथा मद्यपानबाट अलग रहनुपर्छ किनभने यसले कलेजोका साथै मृगौलालाई पनि नोक्सान पु¥याउँछ । 

मृगौलाका सम्बन्धमा 

स्वस्थ मानिसका दुवै मृगौलाले संयुक्त रूपमा प्रतिमिनेट १ सय देखि १ सय ३० मिलिलिटरसम्म रगत छान्ने काम गर्दछ । कुनै औषधि सेवन नगरेका सामान्य स्वस्थ मानिसको पिसाब रंगहीन हुनुपर्छ र हरेक तीन घण्टाको फरकमा पिसाब बाहिर निस्कनुपर्छ । रोकिँदै, थोरै वा पटक–पटक पिसाब आउने र पोल्ने तथा खुट्टा सुन्निने भएमा मृगौला खराब भएको हुनसक्छ । 

मधुमेह तथा उच्च रक्तचापका बिरामीले चिनी तथा नुनको सेवन ठिक्क मात्रामा गर्नुपर्छ । यसका रोगी तथा अन्यले पनि वर्षमा एकपटक किड्नी फङ्सन टेस्ट गराउनुपर्छ । 

मृगौला रोगीले के खाने ?

मृगौला रोगमा खाना व्यवस्थापन गर्दा बिरामीको खाना खाने बानी, भौगोलिक अवस्था, आर्थिक अवस्था, तौल, लिंग, बिरामीले गर्ने काम, मृगौला रोग कुन अवस्थाको छ (जस्तो कि मृगौलाको पत्थरी, मृगौलामा पानीका फोकाहरू हुनु, पिसाबको संक्रमण भइरहने, युरिक एसिड आदि) लाई ध्यानमा राखेर खानाको व्यवस्थापन गर्नुपर्छ । 

मृगौला रोगमा खानाको साथै औषधी पनि एउटै समयमा तोकिएको मात्रामा व्यवस्थापन गर्नुपर्छ । यसले गर्दा मृगौलाको कार्यक्षमतामा कमी हुन पाउँदैन । पोषणको स्थितिलाई सन्तुलनमा राखी कुपोषण हुनबाट जोगाउन सकिन्छ । सही तरिकाले खाना खाएन भने बिस्तारै शरीरका तन्तुहरू टुक्रन थाल्छन् । यसको नियन्त्रणका लागि निश्चित मात्रामा सन्तुलित भोजनको जरुरत पर्छ । 

शरीरलाई आवश्यक तत्त्वहरूको ठीक मात्रामा भएको खानालाई वा शरीरको आवश्यकता पूरा गर्न सक्ने विभिन्न किसिमका खानेकुराहरूको मिश्रणलाई सन्तुलित भोजन भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?