मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साहित्यकार ताराकान्त पाण्डेयको बस दुर्घटनामा निधन

काठमाडौँ – समालोचक तथा वामपन्थी चिन्तक प्रा.डा.ताराकान्त पाण्डेयको बस दुर्घटनामा मृत्यु भएको छ ।

प्रगतिवादी साहित्यमा समर्पित उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहेका उनको दाङको भालुबाङमा भएको बस दुर्घटनामा निधन भएको हो । 

नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको पाण्डेय सवार नमस्ते नेपाल यातायात प्रालि. नेपालगञ्जको भे १ ख ३९१२ नं को बस शुक्रबार साढे १० बजेको समयमा राप्ती पुलबाट नदीमा खसेको थियो । 

उनी पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किने क्रममा थिए । 

रुपन्देहीमा २०१७ असोज ८ गते  जन्मेका  उनी २०३६ सालदेखि नेपाली साहित्यमा निरन्तर सक्रिय थिए भने हाल  मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग सदस्य थिए ।

उनका ‘भूमिका र मूल्याङ्कन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यङ्ग्य व्यक्तित्व (२०५८), अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध (२०६७), अर्थको आनन्द (२०६८), समय र सिर्जना (२०६८) जस्ता समालोचना प्रधान कृतिहरु प्रकाशित थिए ।

उनले ‘आलोचना’, ‘कलम’ जस्ता साहित्यिक पत्रिकासमेत सम्पादन गरेका उनले विसं २०५७ सालको पारिजात सिर्जना पुरस्कार पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?