मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अयोध्या राम मन्दिरका ४६ मध्ये ४२ ढोका सुनका

काठमाडौँ – अयोध्यामा बनिरहेको राम मन्दिरमा ४२ ओटा ढोका सुनका हुने भएका छन् । प्राण प्रतिष्ठाको दिन नजिकिँदै गर्दा अहिले सुनका ढोका लगाउने काम धमाधम भइरहेको छ ।

उत्तर प्रदेश मुख्यमन्त्री कार्यालयका अनुसार मन्दिरमा रहेका ४६ मध्ये ४२  वटा ढोकामा सुनको लेपन गर्न लागिएका हो । मन्दिरको ढोका महाराष्ट्रबाट सागौनको काठबाट बनाइएको छ ।

त्यसका लागि १०० केजी सुन खपत हुने बताइएको छ । यी ढोकाहरूमा विष्णुको कमल, भव्यताको प्रतीक गज अर्थात् हात्ती र अभिवादन मुद्रामा देवी चित्रण गरिएको छ ।

अहिले हैदराबादका कारीगरहरूले म राम मन्दिरको ढोका बनाइ रहेका छन् भने यी ढोकाहरूमा सुन लगाउने काम दिल्लीमा भइरहेको छ ।

यो ढोका एक हजार वर्षसम्म उस्तै रहने दावी गरिएको छ । त्यस्तै मन्दिरको पर्खाल राजस्थानको बन्सी पहारपुरको नक्काशीदार ढुङ्गाबाट बनाइएको छ ।

मन्दिरको प्राण प्रतिष्ठा जनवरी २२ मा हुँदै छ भने ७ हजार भिआइपीहरूलाई निम्ता गरिएको छ । सो दिन उत्तर प्रदेशका विद्यालय तथा क्याम्पसमा सार्वजनिक बिदा घोषणा गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?