काठमाडौँ – अयोध्यामा बनिरहेको राम मन्दिरमा ४२ ओटा ढोका सुनका हुने भएका छन् । प्राण प्रतिष्ठाको दिन नजिकिँदै गर्दा अहिले सुनका ढोका लगाउने काम धमाधम भइरहेको छ ।
उत्तर प्रदेश मुख्यमन्त्री कार्यालयका अनुसार मन्दिरमा रहेका ४६ मध्ये ४२ वटा ढोकामा सुनको लेपन गर्न लागिएका हो । मन्दिरको ढोका महाराष्ट्रबाट सागौनको काठबाट बनाइएको छ ।
त्यसका लागि १०० केजी सुन खपत हुने बताइएको छ । यी ढोकाहरूमा विष्णुको कमल, भव्यताको प्रतीक गज अर्थात् हात्ती र अभिवादन मुद्रामा देवी चित्रण गरिएको छ ।
अहिले हैदराबादका कारीगरहरूले म राम मन्दिरको ढोका बनाइ रहेका छन् भने यी ढोकाहरूमा सुन लगाउने काम दिल्लीमा भइरहेको छ ।
यो ढोका एक हजार वर्षसम्म उस्तै रहने दावी गरिएको छ । त्यस्तै मन्दिरको पर्खाल राजस्थानको बन्सी पहारपुरको नक्काशीदार ढुङ्गाबाट बनाइएको छ ।
मन्दिरको प्राण प्रतिष्ठा जनवरी २२ मा हुँदै छ भने ७ हजार भिआइपीहरूलाई निम्ता गरिएको छ । सो दिन उत्तर प्रदेशका विद्यालय तथा क्याम्पसमा सार्वजनिक बिदा घोषणा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया