मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकाले चन्द्रमाका लागि प्रक्षेपण गरेको यान लक्ष्यमा नपुग्ने पक्का

काठमाडौँ – अमेरिकाले चन्द्रमाका लागि प्रक्षेपण गरेको ‘पेरग्रीन’ अन्तरिक्ष यान लक्ष्यमा नपुग्ने पक्का भएको छ ।

उक्त यानले इन्धन चुहावटको समस्या झेलेको छ भने यही कारण रकेटका सौर्य प्यानलहरू सूर्यतिर फर्किएर स्थिर बस्न नसकेको अभियानमा संलग्न वैज्ञानिकहरूले बताएका छन् ।

उनीहरूका अनुसार यान चन्द्रमातर्फ अगाडि बढेको ७ घण्टापछि मात्र उक्त यानको सोलर प्यानललाई सही दिशामा फर्काउन सकिएको छ । 

वैज्ञानिकहरूले अन्तरिक्ष यानको ब्याट्री कम हुँदै गएको देखेपछि सोलर प्यानल सूर्यतर्फ नफर्किएको थाहा पाएका थिए । 

योसँगै  अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने पहिलो निजी कम्पनीको रूपमा इतिहास रच्ने पिट्सबर्गस्थित एस्ट्रोबोटिक टेक्नोलोजीको  लक्ष्यमाथि प्रश्न उठेको हो ।  

पेरग्रीन ल्याडरलाई अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले चन्द्रमामा आफूले गर्न खोजेको व्यवासायिक कामको योजनामा राखेको थियो ।

त्यस्तै आउँदो महिना चन्द्रमामा अवतरण गर्ने ठानिएको यो यानले लक्ष्य पुरा गरे ५० वर्षपछि चन्द्रमामा सुरक्षित अवतरण गर्ने यान बन्ने थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?