काठमाडौँ – पेरुकी पोर्न स्टार थैना फिल्डस घरमै मृत फेला परेकी छिन् । केही समयअघि एडल्ट फिल्म उद्योगमा आफूमाथि भएको शोषण र दुर्व्यवहारको खुलासा गरेकी २४ वर्षीय थैना घरमा नै मृत भेटिएकी हुन् ।
थैनाका साथी र एडल्ट कन्टेन्ट क्रिएटर अलेजन्द्र स्वीटले ला रिपब्लिकालाई दिएको अन्तरवार्तामा थैनाको मृत्युको पुष्टि गरेका छन् । यस घटनाले आफू निकै दुःखी र शोकमा रहेको उल्लेख गरेका उने त्यो भन्दा धेरै जानकारी नभएको समेत बताएका छन् ।
८ महिना अघि थैनाले आफूमाथि एडल्ट फिल्म उद्योगमा यौन शोषण हुने गरेको खुलासा गरेकी थिइन् ।
उनले समाज साच्चै फोहोरले भरिएको र त्यो समाजमा महिला महिला हुनु तथा एडल्ट कन्टेन्ट बनाउनु सजिलो नभएको समेत बताएकी थिइन ।
थैना पेरुको लोकप्रिय पोर्न स्टारमध्ये एक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया