मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारत माल्दिभ्स तनाव : यी हुन माल्दिभ्समा सुटिङ भएका बलिउड फिल्म

भारत र माल्दिभ्सविच केहि दिनबाट तनाव जारी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि मन्त्रीहरुले आपत्तीजनक टिप्पणी गरेपछि  ‘माल्दिभ्स बहिष्कार’अभियान नै चलेको छ ।

यसै सन्दर्भमा अहिले माल्दिभ्सलाई छाडेर लक्षद्वीपको पर्यटन बढाउने अभियानमा बलिउड सेलिब्रेटि समेत लागि परेका छन् । उनीहरुले लक्षद्वीपको तारिफ गर्दै यही छुट्टी मनाउन र फिल्म सुटिङ गर्न आह्वान समेत गरेका छन् ।

यही विवादका बिच आज हामी माल्दिभ्समा सुटिङ भएमा बलिउड चलचित्रका बारेमा जानकारी दिँदै छौ । 

एक भिलेन 
मोहित सूरीको निर्देशनमा बनेको यो फिल्म सिद्धार्थ मल्होत्राको करियरमै सबैभन्दा सफल फिल्ममध्ये एक हो ।

जसमा श्रद्धा कपुरको समेत अभिनय रहेको थियो । फिल्मका सबै गीत हिट भएका थिए भने यसमध्ये एक गीत ‘गलिया’ थियो । जसको सुटिङ माल्दिभ्समा भएको थियो ।

गीतमा रातको अँध्यारोमा समुन्द्रको चमकदार पानीमा खिचिएको एउटा दृश्य छ । जुन वाधु टापुमा खिचिएको थियो । 

समन्दर
दिग्गज निर्देशक राहुल रवैलको फिल्म समन्दर को सुटिङ पनि माल्दिभ्समा भएको थियो ।

फिल्ममा सनी देओल र पूनम ढिल्लोको मुख्य भूमिका थियो । यो फिल्ममा देखाएको धेरै जसो दृश्य माल्दिभ्सको हो । 

फाइट क्लब
मल्टि स्टारर फिल्म फाइट क्लब २००६ मा प्रदर्शनमा आएको थियो ।

विक्रम चोपडाको निर्देशनमा बनेको यो फिल्ममा सुनिल शेट्टी,जायद खान,डिनो मोरिया,रितेश देशमुख,दीया मिर्जा र अर्मता अरोडा जस्ता कलाकारको भूमिका थियो ।

यसको धेरै जसो सुटिङ माल्दिभ्समै भएको थियो । 

मैने प्यार क्योँ किया
माल्दिभ्समा सुटिङ भएका बलिउड फिल्मको सूचिमा सलमान खानको फिल्म ‘मैने प्यार क्योँ किया’ पनि छ ।

यसमा सलमानका साथमा कैटरीना कैफ र सुष्मिता सेनको भूमिका थियो ।

डेविड धमनको निर्देशनमा बनेको यो चलचित्रलाई दर्शकले निकै मन पनि पराएका थिए ।

फिल्मको गीत ‘ये लड्की लूट के मन मेरा ले गई’ माल्दिभ्स मै सुटिङ गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?