काठमाडौँ – विश्वकप अगाडिको अभ्यासका लागि अफ्रिका पुगेको यू–१९ नेपाली टोलीले आजदेखि औपचारिक अभ्यास खेल खेल्दैछ।
विश्वकपअघि नेपालले स्कटल्यान्डको यू–१९ टोलीसँग औपचारिक रूपमा पहिलो अभ्यास खेल खेल्न लागेको हो ।
नेपाली समय अनुसार नेपालको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकपअघि प्रत्येक टोलीलाई दुई–दुईवटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ ।
नेपालले अर्को अभ्यास खेल माघ २ गते वेस्ट इन्डिजविरुद्ध खेल्नेछ।
नेपालले यसअघि दक्षिण अफ्रिकामा दुई वटा अनौपचारिक अभ्यास खेल खेलिसकेको छ। दुई खेलमा नेपालले दुई जित निकालेको हो।
यू–१९ विश्वकप जनवरी १९ तारिखदेखि सुरु हुदै छ । नेपालसहित १६ वटा राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया