मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौँ – दाङको राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुवाहक बस राप्ती नदीमा खस्दा पाँच जनाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार पाँचैजनाको घटनास्थलमा नै मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

सो दुर्घटनामा २५ जना घाइते भएका छन् । तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

नेपालगञ्जबाट काठमाडौँ  आउँदै गरेको भे १ ज ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती पुलबाट बस खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?