काठमाडौँ – दाङको राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुवाहक बस राप्ती नदीमा खस्दा पाँच जनाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार पाँचैजनाको घटनास्थलमा नै मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।
सो दुर्घटनामा २५ जना घाइते भएका छन् । तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे १ ज ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती पुलबाट बस खसेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया