मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सम्भोगपछि पिसाब गर्नाले के फाइदा हुन्छ ?

काठमाडौं – सम्भोगपछि पिसाब गर्नु नराम्रो कुरा होइन । यसले तपाईलाई धेरै लाभ भने अवश्य प्रदान गर्दछ । तर, यो अनिवार्य नै छ भन्ने चाहिँ होइन । के हो त यसका फाइदाहरु ? आउनुहोस् यसबारे केहि जानकारी प्राप्त गरौं ।

पिसाब संक्रमणको रोकथाम विज्ञहरुले जनाए अनुसार सम्भोगको करिब ३० मिनेटभित्र व्यक्तिले पिसाब गरेमा यसबाट व्यक्तिले स्वास्थ्यमा लाभ प्राप्त गर्न सक्छन् । सम्भोगका क्रममा योनीमार्ग हुदै आएको केहि ब्याक्टेरियाको मात्रा तपाईको पिसाब नलीमा पनि गएर अड्किन्छ ।

त्यो मुत्रमार्ग हुदै मुत्राशयमा पनि प्रवेश गर्छ । जसबाट व्यक्तिमा पिसाब इन्फेशनको सम्भावना रहन्छ । तर, पिसाब गरेको खण्डमा यसले तपाईको मुत्रनलीमा भएको ब्याक्टेरियालाई फ्लस गर्न मद्दत गर्दछ ।

गर्भधारणको रोकथाम केहि अध्ययनले सम्भोगपछि गरिएको पिसाबले महिलाको योनिमा रहेको वीर्यलाई समेत पखाल्ने भएकोले यसले महिला गर्भवति हुने सम्भावनालाई केहि हदसम्म भएपनि घटाउँछ भन्ने तथ्य सार्वजनिक गरेको छ ।

सम्भोगपछि पिसाब गर्नु शतप्रतिशत गर्भधारणबाट छुटकारा पाउने उपाय नभएता पनि यसले केहि हदसम्म उक्त सम्भावनालाई कम गराउने भएकोले यसलाई गर्भधारण रोक्न अपनाईने प्राकृतिक उपाय पनि मानिन्छ ।

यौन प्रसारित रोगको रोकथाम सम्भोगपछि पिसाब गर्नाले हुने अर्को फाइदा भनेको यौन प्रसारित रोगबाट बचाउनु पनि हो । असुरक्षित यौनसम्बन्ध कायम पछि व्यक्तिमा लागेको यौन संक्रमण अथवा यौनरोग एकबाट अर्कोमा सर्ने भएकोले यसको जोखिम कम गराउनको लागि भएपनि सम्भोगपछि पिसाब गर्नु आवश्यक छ ।

जसले यौनांगमा प्रवेश गरेको ब्याक्टेरियालाई पखाल्न मद्दत गर्दछ । यद्यपि यो यौन प्रसारित रोगबाट बच्ने शतप्रतिशत उपाय नभएकाले विज्ञहरुले एकसंग मात्रै सुरक्षित यौनसम्बन्ध कायम राख्न वा अनिवार्य रुपमा कन्डमको प्रयोग सल्लाह दिंदै आएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?