मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जाडोमा नवजात शिशुको हेरचाह कसरी गर्ने ?

काठमाडौं । के तपाईको घरमा नवजात शिशु छ ? यो जाडोको समयमा नवजात शिशुको हेरचाह गर्न अभिभावकका लागि निकै मुस्किल हुन्छ । शिशुलाई चिसो लाग्ने डरले धेरै कपडाले बेरेर राख्ने चलन छ । सकेसम्म धेरै कपडा लगाइदिने गरिन्छ ।

जाडो मौसममा बालबालिकालाई न्यानो राख्नुपर्छ । तर धेरै कपडा लगाएर गुम्साउनु हुँदैन । घाममा धेरै समय तेल लगाएर राख्छन् । यसले बालबालिकालाई फाइदा होइन बेफाइदा गर्छ । जाडोमा बालबालिकाहरूलाई हामीले लगाउने कपडाभन्दा एउटा बढी लगाइदिनुपर्छ । हामीकहाँ बच्चा ठूलो भइहाल्छ भनेर कपडा ठूलो किनिदिने चलन छ ।

तर बालबालिकालाई ओभर साइजको कपडा लगाइदिनुहुँदैन । यसले बालबालिकालाई न्यानो बनाउँदैन । उनीहरूको शरीरमा छुने कपडालाई सकेसम्म धोइसकेपछि सुकाएर आइरन गरेर लगाइदिनुपर्छ । उनीहरूको छाला संवेदनशील हुने भएकाले एलर्जी, यासेज आउन सक्छ । स्टिम गरिएको कपडाले उनीहरूको छालालाई सुरक्षित राख्छ ।

त्यसैगरी बालबालिकाका लागि कटन फेब्रिक सबैभन्दा उपयुक्त हुन्छ । उनीहरूलाई कपडा लगाउँदा पहिलो लेयर शरीरमा फिटिङ हुने लगाइदिनुपर्छ । कपडा धेरै टाइट र लुज हुनु हुँदैन । त्यसमाथिको कपडा भने हल्का लुज भए पनि फरक पर्दैन । नवजात शिशुको नाक बन्द हुने समस्या बढी हुने भएकाले लुज कपडा लगाउँदा हावा छिर्न सक्छ । बालबालिकालाई ब्ल्यांकेट भन्दा कटन वा खास्टो ओढाइदिनु उपयुक्त हुन्छ । यसले न्यानो बनाउनुका साथै धूलो पनि टिप्दैन ।

यस्तै अर्को ध्यान दिनु पर्ने कुरा हो धेरैलाई डाइपरको प्रयोग गर्दा बालबालिकाको खुट्टा बांगो हुने, बालबालिकालाई चाँडो चिसो लाग्ने भन्ने सोचाइ छ यो गलत हो । बालबालिकाले छिटोछिटो दिसा–पिसाब गरिराख्ने भएकाले उनीहरूलाई छिटो चिसो लाग्छ । त्यसो गर्दा आमा र बच्चा दुवैको निद्रा बिग्रन्छ ।

डाइपरको प्रयोग गर्दा कम्तीमा ४–६ घण्टाभित्र परिवर्तन गरिदिनुपर्छ । कतिपयले डाइपर किन्नुपर्छ, खर्चिलो हुन्छ भनेर पूरै नभरिएसम्म निकाल्दैनन् । त्यसले बालबालिकालाई ¥यासेज आउने, पिसाबको संक्रमण हुने खतरा बढ्छ । आमा र बच्चा दुवैका लागि घाम एकदमै राम्रो हो । तर हामीकहाँ धेरैले चर्को घाममा दिनभर तेलले मालिस गरेर बालबालिकालाई घाममा सुताइदिन्छन् ।

यसले बच्चालाई सनबर्न हुने गर्छ । उनीहरूको छाला कोमल हुने भएकाले घामले पोल्छ, ¥यासेज आउँछ । धेरैले राती बच्चा रोयो भन्छन् । घामले छाला पोलेर नै बालबालिकाहरू राति रुन्छन् । बालबालिकालाई पूरै शरीरमा सिधैं घाम पर्ने गरी राख्नुहुँदैन । ४५ देखि १ घण्टासम्म बालबालिकाको अनुहारमा सिधै घाम नपर्ने गरी राख्नुपर्छ । त्यसपछि घाम लाग्ने कोठामा राख्नुपर्छ ।

तोरीको तेल पहिले जस्तो शुद्ध नहुने भएकाले यो प्रयोग नगरेकै राम्रो हुन्छ । यो तेलको प्रयोगले बालबालिकामा छालाको समस्या धेरै देखिएको छ साथै सनबर्न पनि छिट्टै हुन्छ । ओलिभ, नरिवल र बेबी आयलको प्रयोग गर्नु राम्रो हुन्छ । बालबालिका जन्मिएको २८ दिनसम्म माइल्ड प्रोडक्ट प्रयोग गर्नु उपयुक्त हुन्छ ।

त्यसैगरी बालबालिकालाई सही तरिकाले तेल लगाउनुपर्छ । कतिले नाक, कान, नाइटो र जननेन्द्रियमा तेल लगाइदिन्छन् । यसले बालबालिकालाई गाह्रो बनाउँछ । २८ दिनसम्म हल्का हातले बिस्तारै तेल लगाउनुपर्छ । भरसक बालबालिकालाई १ महिनासम्म घरपरिवार वा आमाले नै तेल लगाइदिनुपर्छ ।

धेरैले बच्चाले पिसाब फेर्यो, दिसा गर्यो वा रोयो भने भोकले भन्दै दूध ख्वाइदिन्छन् । ओभर फिडिङको कारणले बच्चालाई असजिलो हुन्छ । पखाला गर्ने र बान्ता गर्छन् । शिशुलाई २–२ घण्टाको फरकमा दूध ख्वाउनुपर्छ । धेरैबेर सुतिरह्यो भने उठाएर दूध ख्वाउनुपर्छ । धेरैमा ५–६ घण्टा भन्दा बढी दूध नखुवाउँदा उनीहरूलाई हाइपोग्लेसिमिया (रगतमा चिनीको मात्रा कम हुनु) र डिहाइड्रेसन हुन सक्छ । राति३–३ घण्टाको फरकमा स्तनपान गराउनुपर्छ ।

शिशुलाई सामान्य तापक्रम भएको कोठामा राख्नुपर्छ । झ्यालढोका बन्द गरेर गुम्साउनु हुँदैन । उनीहरू लाई पनि ताजा हावाको आवश्यकता पर्छ । २४सै घण्टा एसीमा राख्दा बिरामी पर्न सक्छन् । बालबालिकाको कोठाका लागि हेलोजिन हिटर एकदमै राम्रो हुन्छ । ग्यास वा अन्य हिटरले हावामा भएको मोस्चर सोस्छ र उनीहरूको नाक सुख्खा भएर बन्द हुन्छ । यस्ता हिटर बाल्दा ह्युमिडी फायर राख्ने वा एउटा भाँडोमा पानी राख्नुपर्छ । हिटर बाल्दा झ्याल खोल्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?