मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चिसोमा हात खुट्टा सुन्निने समस्याबाट कसरी बच्ने ?

काठमाडौं । अहिले काठमाडौं लगायत देशभरी नै चिसो बढेको छ । चिसोमा हामीलाई धेरै प्रकारका समस्या हुने गर्छन् । जस्तै श्वासप्रश्वास सम्वन्धी समस्या, बाथ , सरुवा रोग, लगायत हाम्रो छाला तथा हात खुट्टा र औंलाहरु सुन्निने समस्या हुने गर्छ ।

हामी कतिपयको जाडोको मौसममा हात, खुट्टा र औंलाहरु सुन्निने समस्या हुन्छ । सुन्निएको ठाउंमा झन्झटाहट हुने, चिलाउने, कमजोर हुने लगायतका लक्षणहरु देखिन्छन । तन्त्रिकामा चोट , थकान , नशा दबीनाले तथा शरीरमा भिटामिन , मिनरल्स, क्याल्सियम लगायतका तत्वको कमीले गर्दा शरीर सुन्निने समस्या देखा पर्छ।

जाडो मौसममा स्वासप्रश्वासमा समस्या देखिनाले रक्त वाहिनी नली संकुचित हुन्छ जसले गर्दा शरीरको विभिन्न स्थानमा अक्सिजन आपूर्ति कम हुन्छ । रक्तसंचारमा प्रभाव परेको कारणले जाडो महिनामा हात खुट्टा सुन्निने समस्या बढी हुन्छ । बिशेषत जाडो मौसममा यो समस्या देखिनाको प्रमुख कारण रक्तावाहिनी नली संकुचित हुनु हो ।

कसरी बच्ने ?

चिसोमा हात खुट्टा सुन्निने समस्याबाट बच्नका लागि धेरै पानी पिउनुपर्छ, झोलिलो पदार्थ धेरै खानुपर्छ ।

न्यानो लुगा लगाउने, पन्जा मोजा लगाउने, र हात खुट्टा बेलाबेलामा चलाइराख्ने गर्नुपर्छ ।

चिसोमा हात खुट्टाको औँला सुन्निएपछि तातोमा सेकाउनु हुँदैन । तातोमा सेकाउँदा त्यसले गर्दा झन् धेरै सुन्निने र फुट्ने हुन्छ ।

सुन्निएका हात खुट्टालाई मनतातो पानीमा नुन हालेर हात खुट्टा डुबाउदा राम्रो छ । चिसोमा हात खुट्टा सुन्निएपछि मनतातो पानीमा हात खुट्टा डुबाउन हुन्छ तर आगोमा र हिटरमा सेकाउनु राम्रो होइन ।

मनतातो पानीमा हात खुट्टा डुबाएपछि तुरुन्तै ‘मोइस्चराइजर’ लगाइहाल्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?