मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म

‘पर्खी बसेँ तिमीलाई’ को विशेष शो सम्पन्न, कसले के भने?

काठमाडौं– नेपाली फिल्म पर्खी बसें तिमीलाई शुक्रबारबाट प्रदर्शनमा आएको छ । नयाँ बानेश्वरस्थित वान सिनेमाज सो फिल्मको विशेष शोको आयोजना पनि गरिएको थियो ।

विशेष शोका सहभागीहरुले धेरै समयपछि प्रेम कथानक फिल्म हेर्न पाइएकोमा खुसी व्यक्त गरे भने डेब्यु कलाकारको अभिनयको तारिफ पनि गरेका छन् ।

पछिल्लो समय ड्रामा र एक्सन फिल्म हेर्दै आएकोमा प्रेम कथामा आधारित रहेको पर्खी बसें तिमीलाई हेर्न पाउँदा खुसी लागेको सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।

डेब्यु गरेका अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीको जीवन्त अभिनयको तारिफ गर्दै उनीहरुले किरण र रक्षा धेरै निर्माताको रोजाइमा पर्ने सम्भावना रहेको बताए ।

अभिनेता शिव श्रेष्ठले नयाँ पुस्ताको कलाकारहरूबाट आफू प्रभावित भएको बताए। उनले डेब्यु कलाकारसँगै निर्देशक श्रेष्ठको प्रसंशा गरे । ‘फिल्म हेर्दा आँखा त रसाउँछ नै साथै नव कलाकारले गरेको तयारी गज्जब छ । उनीहरूले मलाई पुनः उर्जा थपेको छ’, अभिनेता श्रेष्ठले भने ।

निर्माता आकाश अधिकारी, निर्देशक नव नेपाल लगायत चलचित्र क्षेत्रसहित विभिन्न विधाका व्यक्ति विशेष शोमा सहभागी भएका थिए । निर्माता तथा निर्देशक अधिकारीले फिल्म उद्योगमा कमि रहेको नयाँ अनुहारलाई किरण र रक्षाले पुरा गर्नेमा विश्वस्त रहेको बताए ।

उनले भने,’यस्ता प्रतिभाले अवसर पाएका रहेनछन । उनीहरूलाई पर्दासम्म ल्याउने टिमलाई धन्यवाद । उनीहरूको भविष्य उज्ज्वल छ ।’

दीपक श्रेष्ठको निर्देशन तथा राजाराम बुढाथोकीको निर्माणमा ’पर्खि बसेँ तिमीलाई’ शुक्रबारबाट प्रदर्शनमा आएको हो । निर्देशक श्रेष्ठले प्राप्त प्रतिक्रियाले आफू उत्साहित रहेको बताए ।

‘मैले देखाउन खोजेको कथा पर्दामार्फत दर्शकको मनसम्म पुगेको छ । युवापुस्ताको प्रेमलाई दर्शकले पनि रुचाउनु भएको छ’, निर्देशक श्रेष्ठले भने,’अहिले फिल्म हेरिसकेकोले तारिफ गरिरहेका छन् । हामीलाई राम्रा प्रतिकिया प्राप्त भइरहेको छ । युवापुस्ताले प्रेम कथालाई रिलेट गर्नुभएको छ ।’

सो चलचित्रमार्फत अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पहिलोपटक मुख्य भूमिका निर्वाह गरेका छन् । उनीहरू माघेसंक्रान्तिसम्म उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिदैछन् ।

डेब्यु फिल्ममै पाएको प्रतिक्रिया आफूहरू उर्जाशील रहेको नव कलाकार किरण र रक्षाले प्रतिक्रिया दिए ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?