मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रानी मुखर्जीले छोरीलाई मिडियाबाट टाढा किन् राख्छिन् ?

काठमाडौं – बलिउड अभिनेत्री रानी मुखर्जीले आफ्नी छोरी आदिरालाई सामाजिक सञ्जालबाट टाढा राख्ने गर्छिन् । उनले आफ्ना व्यक्तिगत कुराहरु खासै सार्वजनिक गर्न मन नपर्ने बताएकी छिन् । सामाजिक सञ्जालमा छोरीलाई अहिलेसम्म उनले लुकाइरहेकी छिन् । आदिरा जन्मिएदेखि नै रानीले आफ्नी छोरीको अनुहार कसैलाई देखाएकी छैनन ।

यसैबीच, कफी विथ करण शोमा काजोलसँगै आएकी रानीले आफ्नी छोरीलाई मिडियाको नजरबाट टाढा राख्नुको कारण बताएकी छिन् । शोमा करणले रानीलाई आफ्नी छोरीको अनुहार कसैलाई नदेखाउने प्रश्न सोधे । यसबारे रानीले आफ्नी छोरीलाई सामान्य बालबालिकाजस्तै हुर्काउन चाहेको भन्दै विशेष ध्यान नदिनु पर्ने बताइन् ।

रानीले आफू र उनका श्रीमान् आदित्य आफ्नो छोरीलाई स्कुलमा विशेष ध्यान दिन नचाहेको र मिडियाले उनको तस्विर खिचेर आफू सेलिब्रेटी भएको अनुभूति गराउन नचाहेको बताइएकी हुन् ।

बालबालिकाले पाउने एक्सपोजरको बारेमा रानीले भनिन्, ‘स्टार किड्सलाई किन यति धेरै एक्सपोजर दिइन्छ, बुझिनँ ! म मेरो छोरी यस्तो चमकमा हुर्केको चाहन्न । मेरी छोरीको एउटै पहिचान हो कि उनका आमाबुवा प्रसिद्ध सेलिब्रेटी हुन् । ठुलो भएपछि उसले आफ्नो पहिचान बनाउनुपर्छ । त्यसैले म उनलाई मिडियाबाट टाढा राख्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?