मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आशा लिम्बूको उपन्यास ‘अकल्पित मोडहरू’ बजारमा

काठमाडौँ – कवि तथा उपन्यासकार आशा लिम्बूको उपन्यास ‘अकल्पित मोडहरू’ सार्वजनिक भएको छ ।

धरान निवासी लिम्बूको यो उपन्यासले मानिसका जीवनमा आउने विभिन्न अकल्पित मोडहरूको सम्भावना र यथार्थलाई सङ्केत गरेको छ ।

धरानको परिवेशमा लेखेको यथार्थवादी उपन्यासले मानिसको जीवनमा कल्पना नै गर्न नकिने विभिन्न मोडहरू आइरहेका हुन्छन् भन्ने दृष्टान्त प्रस्तुत गरेको छ ।

मिठो भाषा र शैलीमा लेखिएको यस उपन्यासमा प्रेम र विछोडको मार्मिक कथा छ ।

वि.सं.२०३५ सालदेखि साहित्य लेखनमा सक्रिय स्रष्टा आशा लिम्बूको यस अघि ‘आशाका रङहरू’ कविता सङ्ग्रह र ‘मुक्त आशा’ मुक्तक सङ्ग्रह प्रकाशित भएका छन् ।

समकालीन साहित्य प्रतिष्ठान बेलायतबाट प्रकाशित ‘अकल्पित मोडहरू’ नेपालभर बजारमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?