मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राम मन्दिरको प्राण प्रतिष्ठा नजिकिँदा अयोध्याका हाेटेल भरिदै,आकासियो कोठा भाडा

काठमाडौँ – अयोध्यामा जनवरी २२ मा हुने राम मन्दिरमा प्राण प्रतिष्ठा नजिकिँदै जाँदा मन्दिर आसपास क्षेत्रमा होटेल बुकिङ गर्नेको सङ्ख्या दिनहुँ बढिरहेको छ । माग बढेसँगै होटेलका कोठा देखि खानेकुरा र भाडा समेत सबैको भाउ बढेको छ । 

राम मन्दिरको उद्घाटनभन्दा २ हप्ता अघि अहिले होटेल बुकिङ ८० प्रतिशतले बढेको छ । होटेलको प्रत्येक दिनको कोठा भाडा समेत पाँच गुणा सम्मले वृद्धि भएको छ ।

केही लक्जरी होटेलको रुम भाडा बढेर १ लाख भारुसम्म पुगेको छ । भाडा आकासिए पनि होटेलको बुकिङ अझै बढिरहेको स्थानीय व्यवसायीहरूले बताएका छन् । राम मन्दिरको अभिषेकको दिनमा अयोध्या ३ देखि ५ लाख मान्छे आउने अनुमान गरिएको छ ।

 समारोहका लागि ५० देशका प्रतिनिधिहरू अयोध्यामा आउँदै छन् । कार्यक्रममा दुबई, साउदी अरब र अन्य खाडी देशबाट पनि प्रतिनिधिहरू आउने बताइएको छ । 

कार्यक्रममा सहभागिताका लागि श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले ३ हजार भिभिआइपीहरू समेत ७ हजार जनालाई निम्तो पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?