मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दमका बिरामीले चिसोबाट जोगिन अपनाउन सकिन्छ यी आठ उपाय

काठमाडौँ– पछिल्लो समय काठमाडौंसहित देशभर नै चिसो बढिरहेको छ । चिसो मौसममा मानव स्वास्थ्यमा विभिन्न खालका समस्या देखिन्छन् ।

अझ दमको समस्या भएका व्यक्तिलाई त चिसोले अलि बढी नै सताउने गर्छ । दम भनेको श्वासप्रश्वास सम्बन्धी एउटा दीर्घ रोग हो ।

यो रोग जुनसुकै उमेर समूहका व्यक्तिमा पनि देखिन सक्छ ।

दमका विभिन्न प्रकारहरु छन् । यसमध्ये धूम्रपान गर्ने व्यक्ति तथा वायु प्रदूषणको कारणले हुने सीओपीडी दम मुख्य मानिन्छ ।

यस्तै दमको अर्को प्रकार भनेको आज्मा हो । कम उमेर समूह र विशेष गरी महिला तथा एलर्जीको समस्या भएका व्यक्तिहरूमा पनि दमको समस्या देखिन सक्छ ।

दमको समस्याले गर्मीयाममा भन्दा चिसो मौसममा बिरामीलाई बढी दुःख दिने गर्दछ । त्यसैले चिसो मौसममा दमका बिरामीले स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ ।

त्यसैले विभिन्न समयमा चिकित्सकहरुले आफ्नो स्वास्थ्यको ख्याल राख्न सुझाव समेत दिइरहेका हुन्छन् ।

डाक्टरका अनुसार दमका बिरामीले निम्न तरिका अपनाउनुपर्छः
– आफू बस्ने कोठालाई सधै तातो बनाइराख्ने,
– न्यानो कपडा लगाउने, चिसो हावामा नजाने,
– बिहान सास बढ्ने खालको व्यायाम नगर्ने,
– फोक्सो स्वस्थ राख्न हरेक वर्ष फ्लुको भ्याक्सिन लगाउने,
– चिसोमा दमका रोगीले नियमित औषधि सेवन गर्ने,
– निरन्तर औषधी सेवन गर्ने
– घरबाहिर जाँदा सधै मास्कको प्रयोग गर्ने,
– लगातार खोकी लागेको खण्डमा लामो समयसम्म खपेर बस्नुको साटो तुरुन्त चिकित्सककहाँ परामर्शका लागि जानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?