मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतमा फिल्मी शैलीमा गुडिरहेको ट्रकबाट १६ करोडको आइफोन चोरी

काठमाडौँ– भारतको पश्चिम बङ्गाल राज्यमा एक अनौठो घटना घटेको छ ।

यहाँ एक गुडिरहेको ट्रकबाट झन्डै १० करोड भारुको आइफोन चोरी भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

खबरका अनुसार उक्त ट्रकबाट झण्डै ९ करोड ७० लाख भारतीय रुपैयाँ बराबरको एक हजार ५ सय थान आइफोन चोरी भएको हो ।

एप्पलका मोबाइलहरू बोकेर चेन्नईबाट कलकत्ता गइरहेको ट्रकमा उक्त घटना भएको बताइएको छ । पश्चिम बङ्गाल छिर्ने बित्तिकै ट्रकबाट मोबाइल चोरी भएको थियो ।

गएको वर्ष सेप्टेम्बर २८ मा भएको चोरीको यो घटनाबारे कलकत्ता उच्च अदालतमा मुद्धा समेत परेको छ भने यस मामिलामा अर्को सुनुवाइ फेब्रुअरी २ को लागी तय गरिएको छ ।

गुडिरहेको ट्रकबाट चोरी गरिएका उक्त फोनहरू चोर बजारमा विक्री समेत सुरु गरिसकिएको थिए । 

अचम्मको कुरा त झन् के छ भने आइफोन ओसार्ने ट्रकमा अत्याधुनिक जिपिएस सिस्टम लगाइएको थियो । अर्थात् कुनै पनि कारणले ट्रक कुनै ठाउँमा पाँच मिनेटभन्दा बढी समय रोकिने बित्तिकै ट्रक सञ्चालक कम्पनीको कार्यालयमा यसबारे अलर्ट पुगिसक्थ्यो । 

उक्त ट्रक पश्चिम मेदिनीपुर जिल्लाको नयाँ बजारमा एउटा पेट्रोल पम्पमा ५ मिनेटभन्दा बढी समय रोकिएको भने खबरमा उल्लेख गरिएको छ ।

ट्रक कतै पनि लामो समय नरोकिएकोले आइफोन ट्रक गुडिरहेको बेलामा चोरी भएको ट्रान्सपोर्ट कम्पनीले दाबी गरेको थियो । 

सडकमा ट्रकहरु सँगसँगै गुडिरहेको बेलामा ट्रक चालकको मिलेमतोमा आइफोनलाई अर्को ट्रकमा सारिएको अनि चालक र सहचालक दुवैले ट्रक छोडेर भागेको बताइएको छ । यस मामिलामा प्रहरीले कसैलाई पनि पक्राउ समेत गरेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?