मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज पोखरामा प्रस्तुति दिँदै ‘कन्दरा’

काठमाडौँ – गीत संगीतमार्फत पर्यटन प्रवर्द्धन गर्ने कन्दरा ब्यान्डले साङ्गीतिक अभियान ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत  पोखरामा प्रस्तुति दिँदै छ । 

यो अभियान अन्तर्गतको पहिलो आज पहिलो लाइभ कन्सर्ट प्रदर्शनी केन्द्रमा हुन लागेको हो । पोखरा पर्यटन परिषद् र कन्दरा ब्यान्डको व्यवस्थापक अल्फा स्क्वायर प्रालिको सहकार्यमा देशका सात वटै प्रदेशका मुख्य सहरमा यो अभियान पुग्ने छ । 

‘हङकङ पोखरा’,‘तगारोमा रुमाल राखी’,‘तिमी पारि त्यो गाउँमा ’ जस्ता चर्चित गीत नेपाली साङ्गीतिक क्षेत्रलाई दिएको ‘कन्दरा’ले हालसम्म ६ वटा एल्बम ल्याइसकेको छ । त्यस्तै  मुलुकभित्र र मुलुकबाहिर गरी २ सयभन्दा बढी कन्सर्ट सम्पन्न गरिसकेको छ ।

ब्यान्डका लिड भोकलिस्ट विवेक श्रेष्ठले अभियानको यो पहिलो र ठूलो कर्न्सट भएको बताए । कन्सर्टका लागि पोखरामा पहिलोपल्ट सबैभन्दा ठूलो आकारको स्टेज बनाएको उनको दाबी छ ।

कन्सर्टमा उनीसँगै सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पंकज झाको समूहले ब्यान्डका नयाँ–पुराना डेढ दर्जन गीतमा लाइभ प्रस्तुति दिने छ । 

पोखरामा पर्यटन उद्यमसँग सम्बद्ध १४ वटा संस्थाहरूको आबद्धता रहेको छाता सङ्गठन पोखरा पर्यटन परिषद् आयोजक र लायन्स क्लब अफ पोखरा सामीप्य यो अभियानको सहआयोजक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?