मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पोखरा थिएटरमा नाटक ‘१२ दुर्वासा’ माघ १३ गतेसम्म मञ्चन हुने

पोखरा– पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘१२ दुर्वासा’ मञ्चन भइरहेको छ । यो नाटक हिजो (बिहीवार) देखि मञ्चन भएको हो ।

परिवर्तनको निर्देशनमा तयार पारिएको यो नाटकमा रमेश बाबु तिमल्सिना, अनुषा परियार, रविन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल लगायतका कलाकारको अभिनय रहेको छ ।

नाटक ‘टुभेल एङ्ग्री म्यान’ अमेरिकी नाट्यकर्मी रेन्गाल्ड रोजले लेखेका हुन् । नेपालीमा उक्त नाटकको अनुवाद सुरेश सापकोटाले गरेका हुन् ।

‘टुभेल एङ्ग्री म्यान’ एक प्रसिद्ध नाटक हो । यो नाटकमा छोराले बाबुको हत्या गरेको या नगरेको विषयलाई कथानक बनाइएको छ ।

यो नाटकमा आधारित रहेर फिल्म समेत निर्माण गरिएको छ । उक्त फिल्म पनि लोकप्रिय फिल्ममध्ये एक हो ।

पोखरा थिएटरमा यो नाटक माघ १३ गतेसम्म मञ्चन हुने आयोजकले जनाएको छ । एक घण्टा ४० मिनेट लामो यो नाटक हरेक दिन ४:४५ बजे, त्यस्तै शनिवार र आइतवार दिउँसो १ बजेसमेत मञ्चन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?