मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म

फ्राइडे रिलिज: आजबाट ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ प्रदर्शनमा

काठमाडौँ – आजबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ।

तीन साताअघिदेखि नेपाली हलमा देखिएको नेपाली फिल्मको शून्यतालाई ‘ब्रेक’ गर्दै  ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ आज​ रिलिज भएका हुन् ।

यी फिल्महरू अलग– अलग जनरामा निर्माण भएका छन् । 

दीपक श्रेष्ठ निर्देशित ‘पर्खी बसेँ तिमीलाई’ युवापुस्ताको प्रेमकथामा आधारित छ भने घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ बुवा र छोरीको कथामा निर्माण भएको हो । 

‘चित्रा’मा  सन्तोष अधिकारी, प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको अभिनय छ। अधिकारी यसै फिल्मबाट डेब्यु गरेका हुन्।

त्यस्तै ‘पर्खी बसेँ तिमीलाई’मा किरण श्रेष्ठ, रक्षा बुढाथोकी, शिव श्रेष्ठ, विल्सनविक्रम राईलगायतका कलाकारहरूले अभिनय गरेका छन् । 

फिल्मले उपत्यकाका क्यूएफएक्स सिनेमाज, आईएनआई सिनेमाज, वान सिनेमाज, एफक्यूब सिनेमाजलगायत हलमा सीमित सो पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?