मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पाद गन्हाउनुको कारण के हो ? कम गन्हाउने पाद आउन के गर्ने ?

पाद विशुद्ध मानवीय प्रवृत्ति हो । यसमा घिन मान्नु पर्ने हुन्न । तर कतिपय अवस्थामा यसले मानिसलाई असजिलो बनाइदिन्छ । अझ गन्हाउने पाद आयो भने त यसले मानिसलाई अप्ठेरोमा नै पार्छ । यस्तोमा कम गन्हाउने पाद कसरी आउँछ त ?

मासु, दूध र प्रोटिन भएका अन्य खानेकुरामा पाइने सिस्टाइन नामक पदार्थले पादलाई गन्हाउने बनाउँछ । सिस्टाइनले पेटमा हाइड्रेजन सल्फाइड ग्यासको मात्रा सात गुणा बढाइदिन्छ । यसैका कारण पाद गन्हाउने र मानिसलाई असजिलोमा पार्ने गर्दछ ।

कम गन्हाउने पादका लागि उपाय छ । कम गन्हाउने पाद निकाल्न खानेकुरामा परिवर्तन ल्याउनु पर्ने हुन्छ । आलु, केरा, सिमी, अन्न, कुरिलो आदि खानेकुरा खाएमा कम गन्हाउने पाद आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?