मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पूर्वपतिको उजुरीमा पक्राउ पर्दै राखी,जमानतको निवेदन खारेज

काठमाडौँ –बलिउडकी ‘आइटम गर्ल’ राखी सावन्त पूर्वपति आदिल खान दुर्रानी उजुरीमा पक्राउ पर्ने सम्भावना बढेको छ ।

उनीमाथि आदिलले केही समयअघि सेशन कोर्ट मुम्बईमा राखी विरुद्ध उजुरी दिएका थिए । उनले आफ्नो केही निजी कुरालाई प्रचार गरेको आरोप लगाएका थिए भने राखीले आफ्नो ‘सेक्सुअल भिडियो’ लिक गरेको आरोपसमेत लगाएका थिए । 

आफूमाथि उजुरी परेपछि राखीले कोर्टमा आफूलाई गिरफ्तारी नगर्न माग गर्दै दिएको निवेदन खारेज भएपछि राखि पक्राउ पर्ने सम्भावना बढेको हो । 

उनले आफ्ना पूर्व पतिको भिडियो ‘सर्कुलेट’ गर्नु गलत भएको अदालतको ठहर गरेको छ । आदिलले पनि राखीले आफ्नो सेक्सुअल भिडियो ‘सर्कुलेट’ गर्नु खराब काम भएको बताए । 

राखीमाथि यस किसिमको मुद्धा पहिलेदेखि नै ‘पेन्डिङ’ छ । यस कारण उनको जमानत याचिका खारेज गरिएको छ । सेशन कोर्टका न्यायधीस श्रीकान्त भोसलेले यो मुद्दामा कसैलाई पनि छुट दिनु सही नहुने बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?